झाडापखाला भनेको के हो र मेरो बच्चाको लागि यो किन खतरनारक छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%9D%E0%A4%BE%E0%A4%A1%E0%A4%BE%E0%A4%AA%E0%A4%96%E0%A4%BE%E0%A4%B2%E0%A4%BE_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%8B_%E0%A4%B0_%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B_%E0%A4%AC%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%AF%E0%A5%8B_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%96%E0%A4%A4%E0%A4%B0%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%95_%E0%A4%9B

विशेषगरि दिशामा भएका किटाणु पेटभित्र पसेमा झाडापखाला हुन्छ। दिशालाई सुरक्षित तरिकामा नहटाएकोले, सरसफाईमा ध्यान नदिएकोले, सफा पिउने पानीको अभाव भएकोले वा बच्चालाई स्तनपान नगराएकोले प्रायजसो यस्तो समस्या हुन्छ।

झाडापखालाले गर्दा शरीरमा पानीको अभाव हुन्छ अनि यसले गर्दा बच्चाको ज्यान जान्छ। बच्चाहरूमा छिटो पानीको अभाव अनि कुपोषण हुने भएकोले झाडापखालाको कारण वयस्कहरूभन्दा धेरै बच्चाहरूको मृत्यु हुने गर्छ। झाडापखाला हुन सुरु हुने बित्तिकै बच्चाहरूलाई नियमित रुपमा खाना र झोल कुराहरू दिनु आवश्यक छ।

बच्चालाई दिनमा तीन पटक वा सोभन्दा धेरै पटक पातलो दिशा भएमा झाडापखाला भएको भन्‍न सकिन्छ। जति धेरै पटक पातलो दिशा हुन्छ, त्यति नै झाडापखाला खतरनाक हुन्छ।

केही मानिसहरू झोल कुराहरू दिंदा झन् धेरै झाडापखाला लाग्छ भनेर सोच्छन्। तर यो सत्य होइन। झाडापखाला लागेका बच्चाहरूलाई सक्दो धेरै पटक पिउने कुराहरूका साथै स्तनपान गराउनुपर्छ। झाडापखाला लागेको बेला झोल कुराहरू धेरै पिएमा खेर गएको पानी फेरि शरीरले प्राप्त गर्न सक्छ।

Sources