पुरूषले प्रयोग गर्ने कन्डमबारे मलाई के थाह हुनुपर्छ
पुरूषहरूले प्रयोग गर्ने कन्डम पातलो रबरले बनेको एउटा साँघुरो झोला हो जसलाई यौन सम्बन्धको बेला पुरूषहरूले आफ्नो लिङ्गमा लगाउँछन्। वीर्य त्यस झोलामा रहने भएकोले शुक्रकिट महिलाको शरीरमा पस्न पाउँदैन।
गर्भधारण गर्नदेखि जोगाउने राम्रो तरिका कन्डम हो। कन्डमलाई शुक्रकिट मार्ने क्रिम र पानी भएको लुब्रिकेन्टसित प्रयोग गर्दा अझ धेरै प्रभावकारी हुन्छ।
कन्डमको प्रयोगले कुनै असर गर्दैन।
कन्डमको प्रयोग गर्दा यौनजन्य रोग र एच.आइ.भि -बाट सही तरिकामा जोगिन सकिन्छ। कन्डमको मात्र प्रयोग गरे पनि हुन्छ वा अरू परिवार नियोजनका विधिसित पनि प्रयोग गर्न सक्नुहुन्छ। कन्डम थुप्रै औषधी पसल र बजारहरूमा किन्न पाइन्छ र प्रायजसो स्वास्थ्यचौकी र एड्स रोकथाम कार्यक्रमहरूद्वारा पनि उपलब्ध हुन्छ।
पुरूषको लिङ्ग कडा भएपछि र महिलाको यौन अङ्गभित्र प्रवेश गराउनुअघि कन्डम लगाउनुपर्छ। यदि पुरूषले आफ्नो लिङ्ग महिलाको यौन अङ्गमा रगड्छ वा लिङ्ग योनीभित्र प्रवेश गराउँछ भने गर्भधारण हुन सक्छ वा यौनजन्य रोग सर्न सक्छ। पुरूषको वीर्य निस्केको छैन भने पनि यस्तो हुन सक्छ।
कन्डम च्यातिन्छ वा लिङ्गबाट फुस्किन्छ भने महिलाको योनीमा भएका शुक्रकिटलाई तुरून्तै मार्नुपर्छ। सम्भव छ भने आकस्मिक परिवार नियोजन प्रयोग गर्नुहोस्।
नबिर्सनुहोस्: