आफ्नो जीवनको पछिल्ला वर्षहरूमा पनि यौन सम्बन्धलाई कसरी रमाइलो बनाइरहन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%A8%E0%A5%8B_%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%AA%E0%A4%9B%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE_%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%AE%E0%A4%BE_%E0%A4%AA%E0%A4%A8%E0%A4%BF_%E0%A4%AF%E0%A5%8C%E0%A4%A8_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B0%E0%A4%AE%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A5%8B_%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%87%E0%A4%B0%E0%A4%B9%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

केही महिलाहरू महिनावारी रोक्किनु भनेको विवाहले माग गर्ने यौन सम्बन्धबाट मुक्ति भएको जस्तो ठान्छन्। अरू महिला चाहिं यौन सम्बन्ध राख्‍न अझ उत्प्रेरित हुन्छन्, किनभने तिनीहरूमा नचाहँदा नचाहँदै गर्भधारण गर्ने डर हुँदैन। सबै महिलाहरूलाई निरन्तर प्रेम र माया चाहिन्छ। त्यसैले उमेरको कारण महिलाले आफू बाँचुन्जेल यौन सम्बन्धको आनन्दबाट बञ्‍चित हुनुपर्ने कुनै कारण छैन।

उमेर बढ्दै जाँदा महिलाहरूको शरीरमा परिवर्तन हुने भएकोले यौन सम्बन्धमा पनि असर गर्न सक्छ:

  • यौन सम्पर्कको दौडान उत्तेजित हुन तिनलाई समय लाग्‍न सक्छ (पुरूषहरूमा पनि यस्तो हुन्छ)।
  • तिनको योनी सुख्‍खा हुन सक्छ, यसले गर्दा यौन सम्बन्ध राख्दा अप्ठ्यारो हुने वा योनी वा पिसाब प्रणालीमा सजिलै संक्रमण हुने हुन सक्छ। साथै तिनलाई एच.आइ.भि संक्रमण हुने जोखिम पनि हुन्छ।

समस्या आउन नदिन के गर्न सक्नुहुन्छ?

यौन सम्बन्ध राख्‍नुअघि केही समय कुर्नुहोस्। यसो गर्दा तपाईंको योनीले तरल पदार्थ पैदा गरेर प्राकृतिक तरिकामा भिजाउने मौका पाउँछ। थुक राख्‍न सक्नुहुन्छ, वनस्पति तेल (मकैको तेल, ओलिभ ओइल) वा अरू के-वाइ जेलि जस्ता लुब्रिकेन्टस् पनि यौन सम्बन्ध राख्‍ने बेला प्रयोग गर्न सक्नुहुन्छ। बास्‍नादार पदार्थ राखिएको पेट्रोलियम जेल वा तेल प्रयोग नगर्नुहोस्। यसले चिलाउने हुन सक्छ।

महत्त्वपूर्ण: कन्डम प्रयोग गर्दै हुनुहुन्छ भने तेलको प्रयोग नगर्नुहोस्। तेलले कन्डमलाई कमजोर बनाउँछ र त्यो च्यातिन सक्छ।

तपाईंको जोडीको लिङ्‍ग कडा हुन गाह्रो छ भने धैर्य गर्होनुस्। त्यहाँ तपाईंले छुँदा कडा हुन सक्छ।

यौन सम्बन्ध राख्नुअघि योनीलाई सुख्‍खा नबनाउनुहोस्। पिसाब प्रणालीमा समस्या आउन नदिन, यौन सम्बन्ध राखेपछि तुरून्तै पिसाब गर्नुहोस्। यसो गर्दा किटाणु तुरून्तै शरीर बाहिर निस्कन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010910