आफ्नो जोडीलाई कन्डम प्रयोग गर्नु राम्रो हो भनेर कसरी विश्‍वस्त बनाउन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%A8%E0%A5%8B_%E0%A4%9C%E0%A5%8B%E0%A4%A1%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A4%A8%E0%A5%8D%E0%A4%A1%E0%A4%AE_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81_%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%B0%E0%A5%8B_%E0%A4%B9%E0%A5%8B_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%B0_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E2%80%8D%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A4_%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

संक्रमण हुन र नचाहँदा नचाहँदै गर्भधारण गर्न देखि जोगाउने सबैभन्दा सजिलो तरिका कन्डमको प्रयोग गर्नु हो। तर मानिसहरू यसलाई प्रयोग गर्न पहिलो पटक हिच्किचाउन सक्छन्। कन्डमको विषयलाई लिएर कोही-कोहीले यस्ता प्रकारका गुनासोहरू गर्छन्:

“मैले पहिला पनि यो प्रयोग गरिसकें र मलाई मन परेन।”

कहिलेकाहीं कन्डमको बानी बस्‍न अलि समय लाग्छ। केही हप्तासम्म प्रयोग गर्ने अठोट गर्नुहोस्। प्रायजसो अवस्थामा दुवै जोडीले कन्डमको प्रयोग गरेर पनि यौन आनन्द उठाउन सकिंदो रहेछ भनेर महसुस गर्नेछन्।

“कन्डम लगाएपछि मैले केही महसुसै गर्न सक्दिन।”

पानी भएको लुब्रिकेन्ट धेरै प्रयोग गर्नुहोस्। यसले दुवै जोडीलाई यौन सम्बन्ध राम्रो भएको महसुस गराउँछ। कन्डम लगाउनुअघि कन्डमको टुप्पो भित्र लुब्रिकेन्टको एक थोपा राख्‍ने प्रयास गर्नुहोस्। यो कुरा सही हो कि कन्डम लगाएर यौन सम्बन्ध राख्दा अलि बेग्लै महसुस हुन्छ। तर कन्डम नै नलगाउनु भन्दा लगाउनु बेस हो भन्‍ने कुरामा धेरैजना सहमत छन्। साथै कन्डमले केही पुरूषलाई लामो समय सम्म लिंग कडा बनाइरहन मदत गर्छ।

“हामीले पहिला कहिल्यै कन्डम प्रयोग गरेनौं। अहिले किन सुरु गर्ने?”

अहिले असुरक्षित यौन सम्बन्धको खतराबारे तपाईंलाई धेरै ज्ञान भएको छ भनेर बुझाउनुहोस्। एकअर्कालाई जोगाउनु राम्रो उपाय हो भनरे बताउनुहोस्। बहानाको रूपमा तपाईंले आफू परिवार नियोजनको तरिका बदल्न चाहन्छु भनेर बताउन सक्नुहुन्छ।

“अहिलेसम्म जे गर्दै छु त्यो रोक्न चाहन्‍न र नयाँ केही कुरा राख्‍न चाहन्‍न।”

यौन सम्बन्ध राख्‍ने ठाउँ नजिकै कन्डमहरू राख्नुहोस् नत्र एउटा भेट्टाउनलाई उठ्नुपर्ने हुन्छ। पुरूषको लिङ्ग कडा हुने बित्तिकै कन्डम लगाउने एकअर्कालाई छुने र खेलिरहने गर्नुहोस्। महिलाहरूले प्रयोग गर्ने कन्डम पनि प्रयोग गर्न सकिन्छ कि भन्‍ने कुरा विचार गर्नुहोस्। यदि यस्तो कन्डम उपलब्ध छ र किन्‍न सकिन्छ भने किनेर यौन सम्बन्ध राख्नु अघि नै महिलाले यस्तो कन्डम लगाउन सक्छिन्।

“कन्डम किन्‍ने पैसा छैन,” वा कन्डम उपलब्ध छैन।

धेरैजसो स्वास्थ्य केन्द्र र एड्स रोकथाम संगठनहरूले सित्तैमा वा धेरै सस्तोमा कन्डम दिने गर्छन्। हरेक पटक नयाँ कन्डम प्रयोग गर्नु राम्रो हो, तर कन्डम प्रयोग नै नगर्नु भन्दा प्रयोग गरिसकेको कन्डम प्रयोग गर्नु ठिक हुन्छ। यदि प्रयोग गरिसकेको कन्डम प्रयोग गर्नुपर्ने भयो भने साबुन र पानीले होसियारीका साथ धुनुहोस्, सुकाउनुहोस्, कन्डमलाई पहिले कै अवस्थामा बटार्नुहोस् र चिसो, अँध्यारो ठाउँमा राख्नुहोस्। जोखिम कम गर्ने अरू तरिका पनि अपनाउनुहोस्। जस्तै: यदि पुरूषले आफ्नो वीर्य निस्कनुअघि नै आफ्नो लिङ्ग हटाए भने पुरूष र महिला दुवै सुरक्षित हुन्छन्। यदि कन्डम उपलब्ध छैन भने लिङ्गलाई पातलो, लचकिलो प्लास्टिकले बेर्नुहोस्।

“गहिरो सम्बन्ध भएको जस्तो महसुस हुँदैन।”

कन्डमलाई सेक्सी बनाउने प्रयास गर्नुहोस्। कन्डम लगाउने विभिन्‍न तरिका अभ्यास गर्नुहोस् र यौन सम्बन्ध राख्नुअघि यसलाई खेलको एउटा भाग बनाउनुहोस्। तपाईं आफ्नो जोडीको आत्मसंयमलाई भरोसा गर्न सक्नुहुन्छ र एच.आइ.भि अनि यौनजन्य संक्रमणको परीक्षण भइसकेको छ भने भविष्यमा कन्डमको प्रयोग नगर्ने योजना बनाउन सक्नुहुन्छ। दुवै जनाको परीक्षण गराउनुपर्छ, ६ महिनासम्म कन्डम प्रयोग गर्नुहोस् र फेरि परीक्षण गराउनुहोस्। यसको दौडान सुरक्षा, इमानदारी, विश्‍वासयोग्य र तपाईं मध्ये कसैले अरूसित यौन सम्बन्ध राखेको खण्डमा सँधैं कन्डम प्रयोग गर्ने बारे छलफल गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010512