उमेर ढल्किदै जाँदा गर्भधारण नगर्न र यौनजन्य रोगहरूको संक्रमण हुन नदिन के गर्न सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%89%E0%A4%AE%E0%A5%87%E0%A4%B0_%E0%A4%A2%E0%A4%B2%E0%A5%8D%E0%A4%95%E0%A4%BF%E0%A4%A6%E0%A5%88_%E0%A4%9C%E0%A4%BE%E0%A4%81%E0%A4%A6%E0%A4%BE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%A3_%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B0_%E0%A4%AF%E0%A5%8C%E0%A4%A8%E0%A4%9C%E0%A4%A8%E0%A5%8D%E0%A4%AF_%E0%A4%B0%E0%A5%8B%E0%A4%97%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%A3_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%A8%E0%A4%A6%E0%A4%BF%E0%A4%A8_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

महिनावारी रोकिएको पूरै एक वर्ष भए तापनि तपाईं गर्भवती हुने सम्भावना हुन्छ। गर्भधारण हुन नदिन तपाईंले यस समयमा पनि परिवार नियोजनका विधिहरू नियमित प्रयोग गर्नुपर्छ।

यदि तपाईंले परिवार नियोजनको हर्मोन (खाने चक्की, सुई वा शरीर भित्र) प्रयोग गर्दै हुनुहुन्छ, अनि तपाईंको उमेर लगभग ५० वर्ष जति भइसकेको छ र अझै महिनावारी यथावत छ भने परिवार नियोजनको हर्मोनल विधि अपनाउन छोड्नुहोस्। महिनावारी रोकिएको पूरै एक वर्ष (१२ महिना) सम्म परिवार नियोजनका अन्य विधिहरू अपनाउनुहोस्।

आफू र आफ्नो जोडीलाई एच.आइ.भि र यौनजन्य संक्रमणहरू छैन भन्‍ने कुरा पक्का नभएसम्म प्रत्येक पटक यौन सम्पर्क राख्दा कन्डमको प्रयोग गर्नुहोस्। गर्भधारण गर्ने अवस्था छैन भने पनि यौन सम्बन्ध राख्दा कन्डमको प्रयोग गर्नुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010911