उमेर धेरै भएका महिलाहरू किन आत्महत्या गर्न चाहन्छन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%89%E0%A4%AE%E0%A5%87%E0%A4%B0_%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%88_%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%86%E0%A4%A4%E0%A5%8D%E0%A4%AE%E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

धेरै देशहरूमा थुप्रै वयस्कहरूले (६५ उमेर माथिका) आत्महत्या गरेको सङ्ख्यामा द्रुत गतिले वृद्धि भएको पाइएको छ।

सम्भाव्य कारणहरू:

  • थुप्रै देशहरूमा परम्पराको मूल्यमान्यतामा छिटो परिवर्तन आएको छ (आधुनिक रूपमा परिवर्तन)। वृद्ध व्यक्तिहरूको आदर र कदर गर्नुको सट्टा केही समाजले तिनीहरूलाई काम नलाग्‍ने चिजको रूपमा हेर्छन्। तिनीहरूको स्याहार-सुहार गर्नु गाह्रो काम बनेको छ। यस्तो अनादर भएको देख्दा थुप्रै वृद्ध-वृद्धाहरू परिवार र समाजको लागि बोझ बन्‍न चाहँदैनन् र आफ्नो ज्यान लिन्छन्।
  • आफ्नो प्रियजनहरूले नचाहँदा-नचाहँदै छोडेर अर्को ठाउँमा सर्नु पर्ने हुन्छ । थुप्रै देशहरूमा छोराछोरी र नातिनातिनीहरू नचाहँदा-नचाहँदै अर्को ठाउँमा सर्नुपर्ने भएको छ। आफू बसेको ठाउँमा खाना वा काम नपाइने वा ठूलो शहरहरूमा कलकारखानाहरूले धेरै पैसा दिने हुँदा यसरी सर्नुपर्ने अवस्था आउँछ। कोही-कोही व्यक्तिहरू काम गर्ने ठाउँ नजिकै बस्‍नको लागि थुप्रै किलोमिटर टाढा बस्‍न जानुपर्ने हुन्छ। 'बसाईं-सराई' -को बेला आमाबुबा र बाजे बज्यै चाहिं आफ्नो घरमा बस्‍नुपर्ने हुन्छ, यसरी बस्दा तिनीहरूको ख्याल राख्‍ने कोही साथमा हुँदैनन्। तिनीहरू एक्लो, केही गर्न नसक्ने र निराश महसुस गर्छन् र आफू मर्नु नै बेस हुन्छ भनेर सोच्छन्।
  • महिलाहरूले वृद्धावस्थालाई "गुमाउने ऋृतु" ठान्छन्। तिनीहरूले आफ्ना थुप्रै साथी र प्रियजनहरूको मृत्युको शोक सहनुपरेको हुन्छ। हालै विधवा भएकी महिलाले आफ्नो श्रीमान्‌को मृत्युको पीडा सहनुका साथै आर्थिक कठिनाइ भोग्‍नुपर्ने हुन्छ। आफ्ना साथी र परिवारबाट पर्याप्त मदत नपाउँदा तिनीहरू यस्ता समस्यासित लड्न असक्षम हुन्छन्।
  • अवकाश पाएपछिआत्मसम्मानमा कमी आउँछ। यो अवस्था विशेषगरि विकसित देशहरूमा धेरै हुन्छ, किनभने यस्ता देशका थुप्रै महिलाहरूले आफ्नो लागि आफैले कमाउने गर्छन्। उमेर बढ्दै गएपछि जागिर खाने समय पनि सकिन्छ र अवकाश प्राप्त हुन्छ, जसले गर्दा तिनीहरूको आत्मसम्मान कमी आउने र स्वन्‍त्र नभएको महसुस गर्छन्। साथै, आफूलाई काम नलाग्‍ने ठान्‍नुका साथै जीउनुको कुनै अर्थ नै छैन जस्तो महसुस गर्छन्। कामको सिलसिलामा भएका सामाजिक सम्पर्कहरू गुमाउनुपर्दा एक्लो र त्यागिएको महसुस हुन्छ।
  • स्वास्थ्य समस्या। बिग्रदो स्वास्थ्य समस्याको साथै दीर्घकालीन रोग र दुखाईले गर्दा तिनीहरूलाई चलहल गर्न गाह्रो हुन्छ। वृद्ध महिलाहरूले आफ्नो इच्छाअनुसार गर्न नसक्दा र आत्मसम्मान गुम्दा आफूमा बाँच्‍ने इच्छा नै नभएको महसुस गर्छन्।


Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020906