उमेर धेरै भएका व्यक्तिहरूदेखि किन अझ धेरै होसियार हुनपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%89%E0%A4%AE%E0%A5%87%E0%A4%B0_%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%88_%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%85%E0%A4%9D_%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%88_%E0%A4%B9%E0%A5%8B%E0%A4%B8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%B0_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

केही किशोरीहरू उमेर धेरै भएका केटाप्रति आकर्षित हुन्छन्। त्यस्ता व्यक्तिहरू विशेषगरि चर्चित छन् वा समाजमा महत्त्वपूर्ण ठानिएका व्यक्तिहरू हुन् भने वा तिनीहरूसित पैसा छ र तिनीहरूले तपाईंको लागि खर्च गर्न सक्छन् भने तपाईंको लागि तिनीहरू अझ आकर्षक हुन सक्छन्। त्यस्ता व्यक्तिसित बाहिर घुम्‍न जानु रमाइलो हुन सक्छ। आफ्नो केटी साथीलाई धेरै उपहार दिने यस्ता व्यक्तिलाई केही ठाउँहरूमा 'सुगर डेडी' अर्थात् 'मीठो बुबा' भनिन्छ।

उमेर धेरै भएका पुरुषहरू अझ विशेषगरि श्रीमती भएकाहरू वा अन्य महिलासँग सम्बन्ध भएकाहरूसित लागेका किशोरीहरूले आफूलाई यौन सम्बन्धको लागि मात्र प्रयोग गरिएको वा नराम्रो व्यवहार गरिएको महसुस गर्छन्।

किशोरीहरूलाई आफ्नै उमेरका केटाहरूले भन्दा उमेर धेरै भएका पुरुषहरूले यौन सम्बन्धको लागि दबाव दिन सक्छन्। यदि उक्त व्यक्तिले किशोरीमाथि आफ्नो हैकम जमाउँछन् भने यस्तो हुन सक्छ।

थुप्रै समाजहरूमा अन्य समूहका मानिसहरूभन्दा किशोरी र महिलाहरूलाई एच.आइ.भि संक्रमण धेरै भएको पाइएको छ। उमेर धेरै भएकासित यौन सम्बन्ध राख्‍ने किशोरीहरूलाई धेरै खतरा हुन्छ। किनभने उमेर धेरै भएकाहरूलाई एच.आइ.भि संक्रमण हुने सम्भावना धेरै हुन्छ। तर यस्तो संक्रमण जुनसुकै उमेरका मानिसहरूलाई पनि हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020817