कस्ता महिलाहरूले कुनै पनि प्रकारका हर्मोन प्रयोग गरिने विधिहरू अपनाउँनु हुँदैन

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A5%81%E0%A4%A8%E0%A5%88_%E0%A4%AA%E0%A4%A8%E0%A4%BF_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A4%BE_%E0%A4%B9%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A5%8B%E0%A4%A8_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97_%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%87_%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%85%E0%A4%AA%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%A8%E0%A5%81_%E0%A4%B9%E0%A5%81%E0%A4%81%E0%A4%A6%E0%A5%88%E0%A4%A8

स्तन क्यान्सर भएका वा स्तनमा साना गिर्खा अथवा डल्लोहरू भएका महिलाहरूले हर्मोन प्रयोग गर्ने विधिहरू अपनाउँनु हुँदैन। कुनै महिलामा पहिल्यै देखि स्तन क्यान्सर छ भने यस्ता विधिहरू अपनाउँदा, तिनको स्वास्थ्यलाई झनै हानी पुर्‍याउन सक्छ।

महिनावारी ढिला हुने वा गर्भवती भएका महिलाहरूले पनि हर्मोन प्रयोग गर्ने विधिहरू अपनाउँनु हुँदैन।

कुनै महिलाले हर्मोन प्रयोग गरिने विधिहरू अपनाउनु भन्दा ३ महिना अघि अस्वाभाविक रुपमा योनीबाट रगत बगिरहेको थियो भने यस्तो विधिहरू प्रयोग गर्नु हुँदैन। यदि कुनै गम्भीर समस्या छ भने स्वास्थ्यकर्मीकहाँ गएर जँचाउनु पर्छ।

केही स्वास्थ्य समस्या भएका महिलाहरूको लागि हर्मोन प्रयोग गर्ने विधिहरू अपनाउँदा हानिकारक हुन सक्छ। त्यसैले हरेक विधिहरू प्रयोग गर्नु अघि त्यो आफ्नो लागि सुरक्षित छ कि छैन भनेर पक्का गर्नुहोस्। यदि तपाईंले कुनै स्वास्थ्य समस्या छ भन्‍ने कुरा थाहा हुँदाहुँदै पनि उक्त हर्मोन प्रयोग गर्ने विधि अपनाउन चाहनुहुन्छ भने परिवार नियोजनको हर्मोन विधिबारे तालिम प्राप्त स्वास्थ्यकर्मीसँग यस विषयमा कुरा गर्नुहोस्।

क्षारेरोग, क्षयरोग (टि.बी) वा एच.आइ.भि-का औषधीहरू सेवन गरिरहेको बेलामा पनि हर्मोन प्रयोग गर्ने विधि त्यति प्रभावकारी हुँदैन। कुनै महिलाले यस्ता औषधीहरू सेवन गरिरहेकि छिन भने परिवार नियोजनका अन्य विधिहरू वा कन्डम वा डियाफ्राग्म प्रयोग गर्ने दोस्रो विधि अपनाउनु पर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020419