काममा धेरै पानी चलाउनु पर्दा हुन सक्ने स्वास्थ्य समस्यादेखि म कसरी जोगिन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%AE%E0%A4%BE_%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%88_%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%9A%E0%A4%B2%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81_%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A5%8D%E0%A4%AF_%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF_%E0%A4%AE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BF%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

सफा पानीले हरेक व्यक्तिलाई स्वस्थ रहन मदत गर्छ। संसारभरि नै मानिसहरूले स्वास्थ्यमा सुधार ल्याउन समाजमा सफा पानी उपलब्ध गराउने परियोजनाको लागि सँग-सँगै काम गरिरहेका छन्। तर धारा कहाँ राख्‍ने, इनार अर्थात कुवा कहाँ खन्‍ने र कस्तो प्रकारको प्रणालीहरू प्रयोग गर्ने भन्‍ने विषयमा समाजमा निर्णयहरू गर्नु पर्दा महिलाहरूलाई समावेश गरिंदैन।

यदि तपाईंको समाजमा पानी सफा बनाउने कुनै सजिलो उपायहरू छैन भने यसको लागि परियोजना बनाएर अरुहरूसँगै काम गर्नुहोस्। यदि तपाईंको समाजमा पहिल्यै पानी उपलब्ध गराउने व्यवस्था अर्थात प्रणाली छ भने यस्तो प्रणालीको रेखदेख कसरी गर्ने अनि समस्याहरू आएमा कसरी समाधान गर्ने भन्‍ने विषयमा महिलाहरूलाई पनि तालिम दिन सकिन्छ कि, सोध्‍नुहोस्।

यदि तपाईं कलकारखानाबाट निस्केको पानी नजिकै बस्‍नुहुन्छ जसमा केमिकल अर्थात् रसायनिक पदार्थहरू मिसिएको छ भने यस्तो पानीलाई कसरी व्यवस्थित गर्ने भन्‍ने विषयमा समाजका सबैलाई एकजुट गराएर राम्रो अवस्थाको लागि काम गर्ने प्रयास गर्नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030112