किशोरीहरू आफ्नो जीवन समाप्त गर्न किन चाहन्छन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%BF%E0%A4%B6%E0%A5%8B%E0%A4%B0%E0%A5%80%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%86%E0%A4%AB%E0%A5%8D%E0%A4%A8%E0%A5%8B_%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8_%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A4_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

विशेषगरि विकासोन्मुख देशहरूमा किशोरीहरूले यौवनावस्थामा थुप्रै चुनौतीहरू र गाह्रो अवस्थाहरूको सामना गर्नुपर्ने हुन्छ।

  • प्रायजसो तिनीहरूलाई स्कुलबाट छुटाइन्छ र घरेलु जिम्‍मेवारी सम्हाल्न लगाइन्छ। आफ्नो क्षमता वा लक्ष्य बिर्सने बाहेक तिनीसित कुनै विक्लप नै हुँदैन।
  • तिनीहरूलाई घर बाहिर गएर साथीहरूसित घुलमिल गर्न पनि दिइदैन।
  • कहिलकाहीं तिनीहरू घरबाट बाहिर पनि निस्कन पाउँदैनन्।
  • तिनीहरू जबरजस्ती विवाहको बन्धनमा बाँधिनुपर्ने हुन्छ।
  • विवाहअघि राखिने यौन सम्बन्धबारे तिनीहरूलाई सल्लाह दिइँदैन वा राम्ररी सिकाइँदैन, जसले गर्दा अरूले त्यसको फाइदा उठाउँछ्न्। यस्ता किशोरीहरू उमेर नपुग्दै गर्भवती हुन्छन्। यो कुरा साथीहरू र समाजले थाह पाउने बित्तिकै तिनको कुरा काट्ने र तिनलाई हेप्‍ने हुन्छ।

थुप्रै किशोरी र जवान महिलाहरू अरूले चाहेजस्तो देखिनुपर्ने (सुन्दरताको आदर्श हुनुपर्ने सोचाइ) वा गर्नुपर्ने दबाबको (दबाब साथी, परिवार, सामाजिक वा चलचित्रको माध्यमबाट आउन सक्छ) सामना गरिरहनुपर्दा असाध्यै दु:खी हुन्छन्। तिनीहरूले आफूलाई कुरूप र अरूको माया पाउन अयोग्य व्यक्ति ठान्छन्। यस्तो भावनाले गर्दा तिनीहरू आफूलाई चोट पुर्‍याउने वा लागूपदार्थको दुर्व्यसनमा फस्‍ने हुन्छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020905