कुटपिट हुन सक्‍ने खतराका संकेतहरूलाई मैले किन चिन्‍नु पर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%81%E0%A4%9F%E0%A4%AA%E0%A4%BF%E0%A4%9F_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E2%80%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%96%E0%A4%A4%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A4%BE_%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%87%E0%A4%A4%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%AE%E0%A5%88%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E2%80%8D%E0%A4%A8%E0%A5%81_%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

जब दुर्व्यवहार, कुटपिटमा परिणत हुन थाल्छ तब जिउन झनै मुस्किल हुन्छ। महिला जति धेरै लामो समयसम्म दुर्व्यवहार गर्ने पुरुषसँग बस्छिन् त्यतिनै धेरै पुरुषले उनीमाथि नियन्त्रण जमाउँछ र महिलाको आत्मविश्वास कम भएर जान्छ। केही पुरुषहरू अन्य पुरुषहरूको तुलनामा निकै हिंसात्मक बन्छन्। एउटा पुरुषले हिंसात्मक व्यवहार देखाउन सक्‍ने छ भन्‍ने विषयमा केही निश्‍चित प्रकारका संकेतहरू हुन्छन्। यदि तपाईंले यस्ता संकेतहरू देख्‍नु भएको छ र सम्बन्धबाट बाहिर निस्किने उपाय अझै तपाईंसँग छ भने होसियारीसाथ विचार गर्नुहोस्।

तपाईंले उक्त व्यक्तिलाई कति धेरै माया गर्नु हुन्छ भन्‍ने कुराको वास्ता नगर्नुहोस्। मायाँले कसैलाई परिवर्तन गर्न सक्दैन। कुनै पनि व्यक्ति परिवर्तन हुनको लागि उ आफैले परिवर्तन गर्ने छनौट गर्नु पर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020107