गर्भपतनपछि मैले परिवार नियोजनका कस्ता विधिहरू अपनाउनुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%AA%E0%A4%A4%E0%A4%A8%E0%A4%AA%E0%A4%9B%E0%A4%BF_%E0%A4%AE%E0%A5%88%E0%A4%B2%E0%A5%87_%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%85%E0%A4%AA%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

गर्भपतन गराइसकेपछि तपाईं तुरुन्तै गर्भवती हुन सक्नुहुन्छ - छिटोमा २ हप्ता भित्र फेरि गर्भवती हुन सक्‍नुहुन्छ। परिवार नियोजनका थुप्रै विधिहरूले राम्ररी काम गर्न समय लाग्छ। त्यसैले परिवार नियोजनबारे कसैसित कुरा गर्नुहोस् र सकेसम्म चाँडै यसको कुनै विधि अपनाउनुहोस्।

चक्की: गर्भपतन गराएको दिनदेखि तपाईं गर्भनिरोधक चक्की लिन सक्नुहुन्छ। त्यसैले एक हप्ताभन्दा लामो समय नकुर्नुहोस्।

पाठेघरभित्र राखिने सामग्री (इन्ट्रायूटेरिन डिभाइस अर्थात् आइ.यु.डि): यदि संक्रमण हुने खतरा छैन भने तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा गर्भपतनपछि तुरून्तै आइ.यु.डि राख्नुहोस्।

सुइ: पहिलो सुइ गर्भपतन गरेको दिनमा वा एक हप्ताभित्र लिनुपर्छ।

इम्प्लान्ट अर्थात् शरीरभित्र राखिने हर्मोन: गर्भपतन अघि वा पछि वा एक हप्ताभित्र हर्मोनको प्याकेट शरीरभित्र राख्‍न सकिन्छ।

महिलालाई गरिने बंध्यकरण: गर्भवती भएको समय तीन महिनाभन्दा थोरै थियो भने गर्भपतनको दौडान वा त्यसपछि तुरुन्तै बंध्यकरण गर्न सकिन्छ। यसको लागि राम्ररी सोच-विचार गरेर निर्णय गर्नु धेरै आवश्यक छ। बंध्यकरण भनेको स्थायी हुन्छ भनेर नबिर्सनुहोस्।

पुरूषलाई गरिने बंध्यकरण: पुरूषलाई बंध्यकरण जुनै पनि बेला गर्न सकिन्छ र यो स्थायी हुन्छ। यसो गर्न पहिला राम्ररी सोच-विचार गर्नुपर्छ।

कन्डम: तपाईं र तपाईंको जोडीले फेरि यौन सम्बन्ध राख्‍न थाल्ने हो भने कन्डम प्रयोग गर्न सक्नुहुन्छ। कन्डमले यौनजन्य रोग र एच.आइ.भि -बाट जोगाउँछ।

शुक्रकिट मार्ने पदार्थ: यौन सम्बन्ध राख्‍न सुरु गर्ने बित्तिकै यो पदार्थ प्रयोग गर्न सक्नुहुन्छ। तर तपाईंलाई एच.आइ.भि छ वा तपाईं धेरै जनासित यौन सम्बन्ध राख्‍नुहुन्छ भने यो पदार्थ प्रयोग नगर्नुहोस्।

डायफ्रेग्म: यदि तपाईंलाई कुनै संक्रमण वा घाउ भएको छैन भने गर्भपतनपछि स्वास्थ्यकर्मीले तपाईंलाई डायफ्रेग्म लगाइदिन सक्छन्।

प्राकृतिक तरिका (राल र दिन गन्‍ने तरिका): तपाईंको सामान्य महिनावारी चक्र नफर्केसम्म यो तरिकाले काम गर्दैन।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020210