गर्भपतन गराउनु के मेरो लागि खतरनाक हुन सक्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%AA%E0%A4%A4%E0%A4%A8_%E0%A4%97%E0%A4%B0%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%81_%E0%A4%95%E0%A5%87_%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%96%E0%A4%A4%E0%A4%B0%E0%A4%A8%E0%A4%BE%E0%A4%95_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B

सुरक्षित तरिकामा गरिएको गर्भपतन शिशु जन्माउँदा आउने खतराभन्दा कम हुन्छ।

गर्भपतन सुरक्षित हुन्छ यदि:

  • तालिम प्राप्त र अनुभवी स्वास्थ्यकर्मीद्वारा गरिन्छ भने।
  • सही सामाग्री प्रयोग गरिन्छ भने।
  • सरसफाइमा ध्यान दिइएको छ भने। गर्भाशय र पाठेघरमा लगिने जुनसुकै सामग्री पनि स्टेराइल अर्थात् किटाणुमुक्त गरिएको हुनुपर्छ।
  • अन्तिम पटक महिनावारी भएको ३ महिनाभित्र (१२ हप्ता) गरिन्छ भने।

गर्भपतन असुरक्षित हुन्छ, यदि:

  • तालिम नलिएका व्यक्तिद्वारा गरिन्छ भने।
  • गलत सामग्री वा औषधी प्रयोग गरिन्छ भने।
  • फोहोर वातावरणमा गरिन्छ भने।
  • गर्भधारण गरेको ३ महिना बितिसकेपछि गरिन्छ भने। स्वास्थ्यचौकी वा अस्पतालमा विशेष सामग्री प्रयोग गरेर गर्भपतन गरिन्छ भने चाहिं सम्भव हुन्छ।

संसारभरि हरेक वर्ष ४ करोड ६० लाख गर्भपतन गराइन्छ। यसो गर्नु गैर-कानुनी भए तापनि प्रायजसो महिलाहरू गर्भपतन गराउँदा बाँच्‍न सफल भएका छन्। तर असुरक्षित तरिकामा गरिएको गर्भपतनले महिलाको मृत्यु हुने वा संक्रमण हुने, दीर्घकालिन दुखाई र बाँझोपन हुने जस्ता गाह्रो अवस्थाहरू आउन सक्छन्। सुरक्षित तरिकामा गरिएको १ लाख गर्भपतनमा १ जना महिलाको मृत्यु हुने गर्छ। तर असुरक्षित तरिकामा गरिएको १ लाख गर्भपतनमा १ सयदेखि १ हजार महिलाको मृत्यु हुने गरेको पाइएको छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020204