गर्भपतन सुरक्षित छ भनेर कसरी भन्‍न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%AA%E0%A4%A4%E0%A4%A8_%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A4_%E0%A4%9B_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%B0_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E2%80%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

गर्भपतन सुरक्षित हुन्छ भनेर भन्‍न सँधै सजिलो हुँदैन। गर्भपतन गरिने ठाउँमा जाने कोसिस गर्नुहोस् वा त्यहाँ गइसकेका कसैलाई निम्‍न प्रश्‍न सोध्नुहोस्:

  • यहाँ गर्भपतन गराएका कुनै महिला बिरामी भएको वा कसैको मृत्यु भएको सुन्‍नुभएको छ? यदि छ भने अर्कै ठाउँमा जानुहोस्।
  • गर्भपतन कसले गर्छन् र तिनीहरूले कसरी तालिम पाएका छन्? डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सुँडेनी सबैले गर्भपतन गराउन सक्छन्। तर सुरक्षित गर्भपतन र संक्रमण रोकथाम गर्ने तालिम नपाएकाहरूद्वारा गर्भपतन गराउनु खतरनाक हुन सक्छ।
  • गर्भपतन गरिने ठाउँ के सफा र चिटिक्क छ? यदि ठाउँ फोहोर र भताभुङ्ग छ भने गर्भपतन पनि त्यस्तै तरिकाले हुनेछ।
  • के त्यहाँ हात धुने ठाउँ छ? हात धुने ठाउँ नै नभएको स्वास्थ्यकर्मीले सफा र सुरक्षित गर्भपतन गराउन सक्दैनन्।
  • गर्भपतन गराउने समाग्री भेट्टाएको वा घरमै बनाएको जस्तै देखिन्छ कि? घरमै बनाएको सामग्रीले चोटपटक लाग्‍ने र संक्रमण हुने सम्भावना धेरै हुन्छ।
  • प्रयोग गरिने सामग्रीलाई सफा र किटाणुरहित कसरी बनाइन्छ? संक्रमण फैलाउने किटाणु मार्न सामग्रीलाई कडा किटनाशकमा डुबाउनुपर्छ वा पानीमा उमाल्नुपर्छ।
  • गर्भपतन गर्न लाग्‍ने खर्च के व्यवहारिक छ? यदि धेरै महँगो छ भने स्वास्थ्यकर्मीलाई पैसाको मात्र वास्ता छ र तपाईंको स्वास्थ्यको वास्ता छैन भन्‍ने कुरा देखिन्छ।
  • गर्भपतनका साथसाथै अरू स्वास्थ्य सेवाहरू पनि उपलब्ध छन् कि? राम्रो स्वास्थ्य केन्द्रले महिलालाई आवश्यक पर्ने अन्य स्वास्थ्य सेवाहरू पनि प्रदान गर्छ, जस्तै: परिवार नियोजन, यौनजन्य रोगको उपचार र एच.आइ.भि-को रोकथाम।
  • गर्भपतनको दौडान वा त्यसपछि स्वास्थ्य समस्या आएमा तपाईंलाई कहाँ लगिनेछ? आपतकालीन अवस्थामा तपाईंलाई अपस्ताल पुर्‍याउने योजना पनि हुनुपर्छ।

महत्त्वपूर्ण: गर्भपतन खतरनाक हुन सक्छ, यदि:

  • अन्तिम पटक महिनावारी भएको ३ महिनाभन्दा धेरै समय भइसकेको छ भने।
  • गर्भवती भएको स्पष्‍ट देखिन्छ भने।

तपाईं गर्भवती भएको जति धेरै लामो समय बित्छ, त्यत्ति नै धेरै गर्भपतनपछि स्वास्थ्य समस्या हुने सम्भावना धेरै हुन्छ। गर्भवती भएको ३ महिना भन्दा धेरै भइसकेको छ भने गर्भपतन गर्दा तपाईंको सुरक्षाको लागि क्लिनिक वा अस्पतालमा विशेष उपकरणद्वारा गरिनुपर्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020209