घरको कामकाजको विषयमा कस्ता विवादहरू हुन्छन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%98%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%95%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B_%E0%A4%B5%E0%A4%BF%E0%A4%B7%E0%A4%AF%E0%A4%AE%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

थुप्रै देशहरूमा परम्परागत रुपमा घरको हेरचाह गर्ने जिम्मेवारी महिला एक्लैको हुन्छ।

महिलाहरूले आफ्नो श्रीमान्‌को, सासु-ससुराको वा अरू नातेदारको, आफ्ना छोराछारीको र बिरामी र वृद्धहरूको ख्याल राख्‍ने गर्छन्। तिनीहरूले खाना पकाउन दाउरा जम्मा गर्ने र पिउनको लागि पानी ल्याउने, खाना पकाउने र कपडा धुने, सरसफाई गर्ने, बारीमा गोडमेल गर्ने, खेती गर्ने, जनावर छ भने त्यसको हेरविचार गर्ने जस्ता कामहरू गर्छन्।

शिशु-स्याहार केन्द्र वा स्वास्थ्य सेवा उपलब्ध नहुने ठाउँहरूमा घरको कामकाज बाहेक महिलाले परिवारका सदस्यको ख्याल राख्‍नुपर्ने थप जिम्मेवारी हुन्छ। यसले गर्दा तिनको धेरै समय खर्च हुन्छ र पैसा कमाउनको लागि बाहिर जागिर खान असम्भव हुन्छ।

बलियो र स्वस्थ महिलाको लागि "घरको कामकाज" ठूलो बोझ हुन सक्छ र त्यसको लागि पूरै दिन खर्चिनुपर्दा झनै गाह्रो हुन सक्छ। यसले गर्दा महिलाको बाहिर जागिर खान सक्ने क्षमतालाई असर पुर्‍याउन सक्छ। यदि तिनी कमजोर र बिरामी भइन भने घरको कामकाज धेरै भएको अवश्थामा तिनले बाहिर जागिर गर्न सक्दिनन्।

महिलाले परिवारको आर्थिक भार सम्हाल्न बाहिर काम गर्ने भए तापनि तिनले आफ्नो श्रीमान्‌सित मदत माग्दा "घरको काम" त "महिलाले गर्ने काम" हो भनेर प्रायजसो भन्‍ने गरिन्छ।

एउटा अध्ययनले देखाएअनुसार विकासोन्मुख देशहरूमा महिलाहरूले पैसा नपाइने काम जस्तै: घरको कामकाज गर्ने र छोराछोरी र वृद्ध नातेदारको हेरचाह गर्ने काममा पुरूषहरूको तुलनामा तिनीहरूले औसतमा ३ घण्टा धेरै बिताउँछन्। अध्ययनले देखाएअनुसार साना छोराछोरीहरू भएका महिलाबाट माग गरिएको कामकुराहरू समयमा पूरा गर्न गाह्रो हुन सक्छ।

थुप्रै देशहरूमा घर चलाउने, छोराछोरी हुर्काउने र तिनको स्याहार गर्ने जिम्मेवारी महिलाको हुन्छ। तर परिवारमा महत्त्वपूर्ण निर्णयहरू गर्नु गर्दा वा घर खर्चबारे निर्णयहरू गर्नुपर्दा तिनलाई समावेश नगराइएको महसुस गर्छन्।

त्यसैले घरेलु कामकाज र छोराछोरीको हेरचाह गर्ने जस्ता बोझहरू प्राय महिलाहरूलाई नै दिइन्छ भने महत्त्वपूर्ण निर्णयहरू चाहिं श्रीमान्‌द्वारा मात्र गरिन्छ। यो पक्षपात हो र यसले गर्दा जोडीबीच विवाद हुने गर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021007