घरको कामकाजको विषयमा हुने विवादलाई कसरी सुल्झाउन सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%98%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%95%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B_%E0%A4%B5%E0%A4%BF%E0%A4%B7%E0%A4%AF%E0%A4%AE%E0%A4%BE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87_%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B8%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%9D%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

घरको कामकाजबारे हुने विवाद सुल्झाउन मदत गर्ने केही उपायहरू निम्‍न छन्:

१. सबै समस्या एक्लैले सामना गर्नुपर्छ भनेर नसोच्‍नुहोस्। आफ्नो समस्या अरूसित बाँडचुड नगर्दा तनाव बढ्ने मात्र नभइ तपाईंको स्वास्थ्यको लागि नराम्रो हुन सक्छ साथै यसले परिवारमा पनि नराम्रो असर पार्न सक्छ। त्यसैले तपाईंले भरोसा गर्ने थोरै व्यक्तिहरूलाई आफ्नो भावना पोखाउनुहोस्। तपाईंको समस्या तुरुन्तै नसुल्झे तापनि त्यसबारे कुरा गर्दा तपाईंको तनाव कम हुनेछ।

२. तपाईंको समस्या सुल्झाउन आफू वरपर मानिसहरू (परिवारका सदस्यहरू, साथीहरू, छिमेकीहरू) हुने अवस्था सृजना गर्नुहोस् । मदत पाइएन भने अर्कै तरिका प्रयोग गरेर आफ्नो समस्या बताउने कोसिस गर्नुहोस्। सबैले तपाईंलाई नबुझ्लान् वा मदतकारी नहोलान् तर ढिलो वा चाँडो कसै-न-कसैले तपाईंको आवश्यक्ता बुझ्‍नेछन् र तपाईंलाई मदत दिन सक्नेछन्। कहिलेकाहीं महिलालाई मदत चाहिन्छ भनेर पुरूषहरूलाई थाहै हुँदैन किनभने महिलाले कत्ति धेरै काम गर्नुपर्छ भनेर तिनीहरूले यादै गरेका हुँदैनन्। त्यसैले आफ्ना छोराछोरीको खातिर पूरै परिवारलाई एउटा टिम अर्थात् टोलीको रूपमा काम गर्न प्रोत्साहन दिनुहोस्।

३. छोराछोरीसित खेलेर र तिनीहरूको हेरचाह गरिदिएर समय बिताउन आफ्नो श्रीमान्‌लाई प्रोत्साहन दिनुहोस्। महिलाहरूले मात्र शिशु र साना बच्चाहरूको ख्याल गर्नुपर्छ भनेर केही पुरूषहरूले सोच्छन् होला, तर यो कुरा गलत हो। किनभने अध्ययनले देखाएअनुसार शिशुलाई हुर्काउन र शिक्षा दिन बुबाहरू सामेल हुँदा पछि गएर बच्चा अरूभन्दा राम्रो र बुद्धिमान् हुन सक्च। त्यसैले कमसेकम दिनमा एक पटक शिशुसित खेल्न, गीत गाउन वा कुरा गर्न सकिन्छ कि भनेर आग्रह गर्नुहोस् वा शिशुलाई नुहाइदिने, मसाज गरिदिने वा सुताउने प्रयास गर्न सकिन्छ कि भनेर सोध्नुहोस्।

४. आफ्नो समस्या अरूसित बाँडचुँड गर्नुहोस्। महिलाहरू आफ्नो समस्याबारे बताउन अप्ठ्यारो वा लाज मान्छन्, किनभने तिनको समस्या कसैले बुझ्‍ने होइन वा परिवारको समस्याबारे अरूलाई बताउँदा अरूले हेप्‍ने हो कि भनेर चिन्ता गर्छन्। तर तिनीहरूले अरू महिलासित भेट्ने वा कुरा गर्ने नगर्दा समाजमा मदत लिने र दिने मौकाहरू गुम्छ। तपाईंले एउटा सानो समूह बनाउन सक्नुहुन्छ अनि केही साथीहरू वा साथीका साथीहरू वा छिमेकीहरूलाई बोलाएर नियमित रूपमा भेटघाट गर्नुहोस् र आफ्ना समस्याहरूबारे कुरा गर्नुहोस्। प्रायजसोले तपाईंको जस्तै समस्या भोगिरहेका छन् भनेर तपाईंले थाह पाउनुहुनेछ र एकअर्कालाई मदत कसरी दिने भनेर पनि पत्ता लगाउन सक्नुहुनेछ। उदाहरणका लागि हप्तामा एक पटक खाना पकाउने वा छोराछोरीको हेरचाह गर्ने जस्ता काम बाँडचुँड गर्न सकिन्छ।

५. आफ्नो सबै काम नसिद्धिए तापनि कहिलेकाहीं आराम गर्ने प्रयास गर्नुहोस्। आफ्नो परिवारको आवश्यकता महत्त्वपूर्ण छ र आफ्नो आवश्यकताबारे ख्याल राख्‍ने तिनीहरूको अधिकार छैन भनेर थुप्रै महिलाहरू सोच्‍ने गर्छन्। यो कुरा सरासर गलत हो। किनभने यदि महिलाले आफ्नो ख्याल गरेनन् र आफ्नो आवश्यकताको बेवास्ता गरे भने तिनी बिरामी पर्न सक्छिन् र अन्तमा तिनीहरूको परिवारले तिनको ख्याल राख्नुपर्ने अवस्था आउनेछ। त्यसैले नियमित रूपमा अलिकति समय आफ्नो सु-स्वास्थ्यको लागि पनि निकाल्ने गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021008