दैनिक जीवनमा तनावले कसरी मेरो मानसिक स्वास्थलाई बिगार्न सक्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A6%E0%A5%88%E0%A4%A8%E0%A4%BF%E0%A4%95_%E0%A4%9C%E0%A5%80%E0%A4%B5%E0%A4%A8%E0%A4%AE%E0%A4%BE_%E0%A4%A4%E0%A4%A8%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B_%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%BF%E0%A4%95_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%AC%E0%A4%BF%E0%A4%97%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B

दैनिक क्रियाकलाप र घटनाले महिलाहरूलाई दबावमा पार्छ, जसले गर्दा तिनीहरूको शरीर र दिमागमा तनाव पैदा गर्छ। शारिरीक समस्या जस्तो बिमारीका कारण वा अत्याधिक कामले गर्दा तनाव हुन सक्छ। अथवा परिवारमा झै-झगडा वा महिलाको नियन्‍त्रण बाहिरको समस्याका लागि दोष लगाइँदा पनि उनमा भावनात्मक तनाव बढ्न सक्छ। साथै रमाइला क्षणहरू जस्तै, बच्चा जन्मिंदा वा जागिर पाउँदा पनि महिलाका लागि यो अवस्था तनावपूर्ण हुन सक्छ। किनभने यी अवस्थाले प्राय जसो महिलाको जीवनमा परिवर्तनहरू ल्याउँछ।

थुप्रै महिलाहरूमा चारैतिरबाट विभिन्‍न प्रकारका तनावहरू आउँछ:

  • बच्चाको ख्याल राख्‍नु पर्ने
  • पतिको आवश्यकता पूरा गर्नु पर्ने
  • पानी, इन्धन जुटाउनु पर्ने
  • सरसफाइ गर्नु पर्ने
  • बिरामीको हेरचाह गर्नु पर्ने
  • थोरै पैसा भएकोले
  • खेतबारीमा काम गर्नु पर्ने वा अन्य काम गर्नु पर्ने
  • थोरै खानेकुरा भएकोले

दैनिक जीवनमा तनाव भएको याद गर्न सजिलो हुँदैन किनभने हरेक दिन नै तनाव भइरहन्छ। तर यस्तो प्रकारको तनावको सामना गर्न महिलाहरूले धेरै शक्ति खर्चिनुपर्छ।

हरेक दिन कुनै महिलाले लामो समयसम्म थुप्रै तनावहरूको सामना गर्छिन् भने तिनले अब यो भन्दा बढी ति समस्याहरूको सामना गर्न सक्दिन भन्‍ने महसुस गर्न थाल्छिन्। यदि तिनलाई आफ्नो आवश्यकताालाई वेवास्ता गर्ने र अरूको हेरचाह पहिले गर्नुपर्छ भनेर सिकाइएको छ भने समस्या अझ खराब हुन सक्छ। आराम र रमाइलो गर्नाले तनाव कम हुन्छ, तर आफ्नो लागि थोरै मात्र समय भएकोले महिलाहरूले आफू बिरामी भएको वा अत्याधिक काम गरेको जस्ता सङ्केतहरू वेवास्ता गर्छन्। साथै, महिला भएकोले आफ्नो परिस्थिति परिवर्तन गर्ने शक्ति त्यत्ति नहुन सक्छ।

प्रायजसो महिलालाई कमजोर वा बिरामी भन्‍ने महसुस गराइन्छ। तर मुख्य समस्या भनेको तिनले भोग्‍ने अन्याय हो र तिनको जीवनमा केही कुरा सही नभइरहेकोले गर्दा यस्तो हुन सक्छ। मानसिक तवरमा स्वस्थ रहनको लागि महिलाले आफ्नो जीवनलाई आफैले नियन्‍त्रण गर्न सक्ने र बलियो हुनुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011503