धुवाँ कम गर्ने भुसे चुल्हो म कसरी बनाउन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A7%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%81_%E0%A4%95%E0%A4%AE_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87_%E0%A4%AD%E0%A5%81%E0%A4%B8%E0%A5%87_%E0%A4%9A%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%B9%E0%A5%8B_%E0%A4%AE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

यो सजिलै बनाउन सकिने चुल्होको एउटा उदाहरण हो। यसको लागि आफ्नो ठाउँमा पाइने सामाग्रीहरू र इन्धनको प्रयोग गर्नुपर्ने हुन्छ। यो नै चुल्होको मुख्य भाग हुनेछ।

तपाईंलाई आवश्यक पर्ने:

  • एउटा ३.७९ लिटर (अमेरिकी तौल अनुसार) अट्ने ठूलो टिनको डिब्बा जस्तै, खाना पकाउने तेलको डिब्बा, सोया ससको डिब्बा, पेन्टको ठूलो डिब्बा (राम्ररी सफा गरिएको) वा मेडिकल सम्बन्धी सामाग्रीहरू राखेको डिब्बा। यो नै चुल्होको मुख्य भाग हुनेछ। हुनत हलुका प्रकारको ब्लक वा इटाहरू प्रयोग गरेर पनि यस्तो प्रकारको चुल्हो बनाउन सकिन्छ तर डिब्बा पातलो भएकोले र यो तात्‍न धेरै समय लाग्दैन, त्यसैले यसको प्रयोग गर्नु अझ राम्रो हुन्छ।
  • ९० डिग्रीमा मोडिएको एल्बो (घुम्रेको ठाउँ) सहितको ४ इन्चको एउटा पाइप चाहिन्छ। एल्बो भएकोतिरको पाइपको लम्बाइ अर्कोतिरको पाइपको लम्बाइ भन्दा धेरै हुनुपर्छ। उक्त एल्बो भएको पाइपको छोटो भागमा जोड्नको लागि अर्को एउटा सिधा पाइप पनि चाहिन्छ। यी पाइप, चुल्होको लागि च्याम्बर र चिम्‍नी बनाउन प्रयोग गरिन्छ। (चुल्होको लागि पाइप प्रयोग गर्नुको साटो ४ वा ५ वटा टिनको बट्टालाई माथि र तलको भाग काटेर प्रयोग गर्न सकिन्छ।)
  • चिसो हुन नदिनको लागि खरानी, हलुका किसिमको चट्टानको धूलो (ज्वालामुखी निस्केर बनेको हल्का प्रकारको चट्टान), खरानी जस्तो देखिने चट्टानको धूलो अर्थात् भर्मिकुलाइट, सीपी किराको खपेटाको धूलो वा अलुमिनियम फोइल अर्थात् अलुमिनियमको पातलो टल्किने कागज जस्ता सामाग्रीहरू।
  • मेटल अर्थात धातु काट्नको लागि, टिन काट्ने कैंची र डिब्बा खोल्ने सामाग्री।
  • भाँडोको तल वरिपरि राख्‍नको लागि मेटलको पाता।
  • चुल्होको माथि भाँडो राख्‍ने ठाउँमा जाली वा बाक्लो बार लगाउने।

चुल्हो कसरी बनाउने:

ठूलो डिब्बाको माथिको भाग खोल्न, टिनको डिब्बा अर्थात क्यान खोल्ने सामाग्री वा टिन काट्ने कैंची प्रयोग गर्नुहोस्। ढक्कनको बीच भागमा चिम्‍नी राख्‍न ४ इन्चको गोलो प्वाल बनाउनुहोस्। च्याम्बरमा आगो बाल्‍नको लागि, डिब्बाको तल्लो भागबाट १ इन्च छोडेर ४ इन्चको गोलो प्वाल बनाउनुहोस्। यसरी प्वाल बनाउँदा पाइप अट्ने वा टिनको क्यान अट्ने हुनुपर्छ।

डिब्बा भित्र एल्बो (अर्थात पाइप घुमेको भाग) सहितको पाइप, डिब्बाको तल अगाडितिरको भागसम्म टासिनेगरि राख्‍नुहोस्। पाइपको लामो भागको टुप्‍पोनेर आधा इन्च छोडेर समानान्तर हुनेगरि दुई ठाउँमा सिधा-सिधा काट्नुहोस् अनि छाडेको आधा इन्चको भागलाई मोडेर डिब्बाको प्वाल बाहिर सम्म टाँसिनेगरि राख्‍नुहोस। यसो गर्दा पाइप डिब्बा भित्र यताउता सर्ने छैन। उक्त पाइपको लामो भाग चाहीं आगो बाल्ने च्याम्बरको (जहाँ इन्धन बल्छ) रुपमा रहने छ। चिम्‍नी बनाउनको लागि, लामो पाइपलाई डिब्बाको माथिल्लो भागको १ इन्च मुनि रहेको एल्बो (घुमेको पाइप) को टुप्पोमा जोड्नुहोस्। डिब्बा भित्र पाइप नझरोस् भन्‍नको निम्ति पाइपलाई अड्किनेगरि राख्‍नुहोस्।

नोट: टिनको डिब्बाबाट बनाइएको चिम्‍नी १ देखि ३ महिनासम्म मात्र टिक्छ, अनि त्यसपछि फेरि अर्को नयाँ राख्‍नुपर्ने हुन्छ। यस्तो झन्झट हुन नदिन ३ भाग बालुवा र २ भाग माटो मिसाएर माटोको चिम्‍नी बनाउन पनि सकिन्छ। जब डिब्बाभित्र बल्न थाल्छ तब चारैतिर इन्सुलेशन गरिएको माटोको चिम्‍नी बल्न थाल्छ।

चुल्होको मुख्य भागमा चिम्‍नीको वरिपरि चिसो हुन नदिन अर्थात इन्सुलेशन गर्न दाउराको खरानी भर्नुहोस्।

चिम्‍नी र इन्सुलेशन वरिपरि डिब्बाको माथिको पुरानो ढक्कन हटाएर नयाँ राख्‍नुहोस्।

आगो बल्ने च्याम्बर भित्र तह-तह अर्थात् तख्ता बनाउनको लागि टिनको डिब्बा प्रयोग गर्नुहोस्। डिब्बाको तलको भाग काटेर निकाल्‍नुहोस्। त्यसपछि यसलाई पाइप भित्र छिर्न मिल्ने गरी टि आकारमा काट्नुहोस्। यसरी टि को माथिल्लो तेर्सो परेको भाग च्याम्बर भित्रको तह-तहमा अर्थात तख्तामा अड्किएर बस्‍ने छ जसले गर्दा यताउता खस्किन पाउने छैन। आगो बलिरहेको बेला यसको डंडीलाई थामि राख्‍न, तख्ताको बाहिरी भागको मुनि इँटा वा ढुङ्गा राख्‍नुहोस्।

चुल्होको माथि भाँडो अड्याउने ठाउँमा जाली वा बार प्रयोग गर्नुहोस्।

केही धातुको पाता प्रयोग गरेर वरिपरि छेक्ने स्कर्ट अर्थात बार बनाउनुहोस्। यस बार र भाँडोको वरिपरि एक चौथाइ (१/४ इन्च) खाली ठाउँ छोडेर स्कर्ट अर्थात बार बनाउनुहोस्। यस्तो बार अझै राम्रो बनाउने हो भने दुई वटा बार बनाउन पनि सकिन्छ, यसको लागि दुई वटा मेटल बारको बीचमा खाली ठाउँ छोडेर समेत बनाउन सकिन्छ यसो गर्दा बीचको खाली भागमा इन्सुलेशन गर्न केही चिज राख्‍न सकिन्छ।

यदि भित्र खाना पकाउनु परेमा चुल्होलाई भित्ता नजिकै फराकिलो ठाउँमा राख्‍नुहोस्। यसो गर्दा भित्ता हुँदै धुवाँ उडेर घरको बाहिर निस्किन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030106