परिवार नियोजनका अरू फाइदाहरू के-के हुन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A4%BE_%E0%A4%85%E0%A4%B0%E0%A5%82_%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%95%E0%A5%87-%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D

जीवन बचाउनुका साथै परिवार नियोजनका अरू फाइदाहरू पनि छन्:

  • जोखिमपूर्ण गर्भधारण नभएको कारण आमा र बच्चाहरू स्वस्थ हुन्छन्।
  • थोरै बच्चाहरू हुनु भनेको प्रत्येक बच्चाको लागि प्रयाप्त खानेकुरा उपलब्ध हुनु हो।
  • बच्चा तुरून्तै नजन्माइ केही समय कुर्दा जवान महिला र पुरूषले आफ्नो पढाइ पूरै सकेर राम्रो जागिर पाउन सक्छन्। यसले गर्दा आफ्नो परिवार र समाजको लागि पनि राम्रो हुन्छ।
  • थोरै बच्चाहरू जन्मायो भने आफ्नो लागि र अरू बच्चाहरूको लागि समय दिन सकिन्छ।

परिवार नियोजन गर्दा तपाईं र तपाईंको जोडीले, यौन सम्बन्धको आनन्द उठाउन सक्नुहुन्छ। किनभने नचाहँदा-नचाहँदै गर्भधारण हुन्छ कि भनेर तपाईंलाई डर लाग्‍ने छैन। साथै परिवार नियोजनका कुनै-कुनै विधिहरू स्वास्थलाई फाइदा पुर्‍याउने खालका हुन्छन्। उदाहरणको लागि कन्डम वा शुक्रकिट मार्ने क्रिमको प्रयोग गर्दा एच.आइ.भि र अरु यौनजन्य रोगहरू फैलिनबाट जोगिन सकिन्छ। हर्मोन विधिहरू अपनाउँदा महिनावारीको बेला अनुभव गर्ने अनियमित रक्तश्राव र दुखाई कम गर्न महिलाहरूले मदत पाउन सक्छन्।

यस भागमा उल्लेख गरिएका परिवार नियोजनका सबै विधिहरू लाखौं महिलाहरूले सुरक्षित तरिकामा प्रयोग गरिरहेका छन्। वास्तवमा यी विधिहरू गर्भधारण गर्नु र बच्चा जन्माउनुभन्दा पनि सुरक्षित छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020404