परिवार नियोजनको संयुक्त चक्की प्रयोग गर्दा हुने खराब असरहरू के-के हुन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%82%E0%A4%AF%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4_%E0%A4%9A%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A5%80_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87_%E0%A4%96%E0%A4%B0%E0%A4%BE%E0%A4%AC_%E0%A4%85%E0%A4%B8%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%95%E0%A5%87-%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D

महिनावारी अनियमित हुने वा हुनुपर्ने समयमा नभई अर्कै समयमा हुने। साथै, यस्ता चक्कीले महिनावारी हुँदा थोरै मात्रामा र थोरै दिन मात्र रगत बग्‍ने हुन्छ। कहिलेकाहीं महिनावारी हुँदै नहुने पनि हुन सक्छ। परिवार नियोजनका संयुक्त चक्कीको नराम्रो असर यी नै हुन्। हुनुपर्ने दिनमा नभई अर्कै दिनमा महिनावारी हुन नदिन हरेक दिन एउटै समयमा चक्की खाने गर्नुपर्छ। तैपनि यस्तो भइरहन्छ भने स्वास्थकर्मीलाई देखाउनुहोस् र प्रोजेस्टिन वा एस्ट्रोजेन हर्मोनको मात्रामा परिवर्तन ल्याएर मदत हुन्छ कि, हेर्नुहोस्।

हुनुपर्ने समयमा महिनावारी हुँदैन र तपाईंले चक्की खान बिर्सनु भएको छ भने चक्की लिइरहनु आवश्यक छ र तपाईं गर्भवती हुनुभयो कि भएन भनेर जचाउनुहोस्।

वाक-वाक लाग्‍ने र वान्ता गर्न मन लाग्‍ने महसुस १ वा २ महिनापछि कम हुन्छ। तपाईंलाई गाह्रो हुन्छ भने चक्कीलाई खाना सँगै वा दिनको अर्कै समयमा पनि लिन सक्नुहुन्छ। सुत्‍नुअघि चक्की लिंदा राम्रो भएको केही महिलाहरूले महसुस गरेका छन्।

सुरूका केही महिनाहरूमा हल्का टाउको दुख्नु समान्य हो। यस्तो दुखाई कम गर्न टाउको नदुख्‍ने थोरै डोजको औषधीले मदत गर्न सक्छ। तर यदि धेरै टाउको दुखेर आँखा धमिलो भयो भने यो गम्भीर चेतावनीको सङ्केत हुन सक्छ।

गर्भनिरोधक चक्की लिन थालेपछि आफ्नो शरीरमा केही परिवर्तनहरू भएको महसुस हुन थाल्यो भने स्वास्थ्यकर्मीसित कुरा गर्नुहोस्। तिनले अर्कै चक्की लिने सल्लाह दिन सक्छन्।

केही एन्टिबायोटिक्स चक्कीको असरलाई कम गर्छ। त्यसैले चक्की लिंदै हुनुहुन्छ र तपाईंले कुनै औषधी खानुपर्ने भयो भने कन्डम प्रयोग गर्नुपर्ने वा यौन सम्बन्ध नराख्नु नै बेस हुन्छ कि भनेर स्वास्थ्यकर्मीलाई सोध्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020424