पर्याप्त मात्रामा भिटामिन ए प्राप्त गर्दै छु भनेर म कसरी पक्का हुन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A4_%E0%A4%AE%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%AD%E0%A4%BF%E0%A4%9F%E0%A4%BE%E0%A4%AE%E0%A4%BF%E0%A4%A8_%E0%A4%8F_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%AA%E0%A5%8D%E0%A4%A4_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88_%E0%A4%9B%E0%A5%81_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%B0_%E0%A4%AE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%BE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

भिटामिन ए-ले रतन्धो हुनदेखि जोगाउनुका साथै थुप्रै संक्रमणबाट पनि बचाउँछ। थुप्रै गर्भवती महिलाहरूमा रतन्धोको समस्या देखिन्छ। यसले तिनीहरू गर्भवती हुनु अघि नै तिनीहरूको खानामा भिटामिन ए-को कमी भएको कुरा देखाउँछ। तर गर्भावस्थाले गर्दा तिनीहरूको शरीरलाई धेरै भार पर्ने भएकोले रतन्धोको समस्या त्यतिखेर देखिन्छ।

भिटामिन ए-को कमीको कारणले बच्चाहरूमा अन्धोपन हुन्छ। गर्भावस्थाको दौडान महिलाहरूले भिटामिन ए भएको खानेकुरा पर्याप्त मात्रामा खाँदा तिनको शरीरमा भिटामिन ए-को मात्रा बढ्छ र तिनको बच्चाले स्तनपानबाट भिटामिन ए प्राप्त गर्छ।

गाढा पहेंलो तरकारी र हरियो सागपात अनि सुन्तला रङ्गको फलफुलमा भिटामिन ए प्रशस्त पाइन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010411