पुरुषले महिलालाई किन दु - ख दिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%B7%E0%A4%B2%E0%A5%87_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%A6%E0%A5%81_-_%E0%A4%96_%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

पुरुषहरूले महिलालाई द:ख दिनुका कारण आफूले रक्सी पिएकोले, आवेशमा आएकोले वा उसले 'दु:ख पाउने काम गरेकोले' गर्दा मैले दु:ख दिएको हो भन्‍ने जस्ता थुप्रै बहानाहरू बनाउन सक्छन्। तर आफूलाई जे चाहियो वा जस्तो महसुसु गर्‍यो त्यो गर्ने वा पाउने अधिकार छ भन्‍ने सोचाइले गर्दा उक्त कुरा प्राप्त गर्न पुरुषले हिंसाकै तरिका छनौट गर्छ।

जब पुरुषले आफ्नो जीवनलाई नियन्त्रण गर्ने क्षमता आफूमा छैन जस्तो लाग्छ तब अरुको जीवनलाई आफ्नो नियन्त्रणमा पार्न हिंसा प्रयोग गर्छ। हुनत कसैले आफ्नो जीवनलाई सामान्य तरिकामा नियन्त्रण गर्न खोज्‍नु स्वभाविकै हो तर अरुको जीवनलाई नियन्त्रण गर्न खोज्‍नु र त्यसको लागि हिंसाको प्रयोग गर्नु एकदमै गलत हो।

पुरुषले महिलालाई कुटपिट गर्ने केही यस्ता कारणहरू छन्:

कुटपिट गर्‍यो भने चाहीं ठीक हुन्छ पुरुषहरू कुराकानीद्वारा वास्तविक समस्या पत्ता लगाएर त्यसको सही समाधान गर्नुको साटो तुरुन्तै असहमति जनाउने गर्छन्।

कुनै पुरुषले झगडा गर्दा उत्साहित हुनुका साथै आफूमा धेरै शक्ति भएको महसुस गर्छ। उसले यस्तो प्रकारको अनुभव फेरी पनि गर्न चाहन्छ।

यदि कुनै पुरुषले हिंसाको प्रयोग गरेर 'जित' हासिल गर्छ भने उसले त्यही तरिका अपनाउन थाल्छ। हिंसाको शिकार हुने व्यक्तिले अर्को पटक फेरी शिकार हुनु नपरोस भनेर हिेसा गर्ने व्यक्तिलाई जे मन लाग्छ त्यही गर्न दिन्छ। यसले गर्दा हिंसा गर्ने व्यक्तिको शक्ति अझै बढ्छ। यसरी एक व्यक्ति भन्दा अर्को व्यक्तिको शक्ति धेरै भएमा अक्सर हिंसा वा दुर्व्यवहार हुने गर्छ।

आफू पुरुष भएकोमा गलत धारणा हुन सक्छ।

आफू पुरुष भएकोले महिलाले गर्ने कुनै पनि कुरालाई नियन्त्रण गर्नु पर्छ, अनि यसरी नियन्त्रण गर्दा कुटिपिट गर्नु ठीकै हो जस्तो उसलाई लाग्‍न सक्छ। कुनै-कुनै व्यक्तिले आफू पुरुष भएको हैसियतले गर्दा 'असल' पत्‍नी, छोराहरूमाथि आफ्नो 'अधिकार' हुन्छ भनेर सोच्‍नुका साथै परिवारमा सम्पूर्ण निर्णय गर्ने अधिकार पनि आफूमा हुन्छ भनेर ठान्छन्। एक व्यक्ति भन्दा अर्को व्यक्तिको शक्ति धेरै भएमा अक्सर हिंसा वा दुर्व्यवहार हुने गर्छ।

पुरुषले, महिला आफ्नो हो वा आफूलाई महिला चाहिन्छ भनेर सोंच्‍न सक्छ।

यदि महिला 'बलियो' भएमा उसलाई आफूले गुमाउछु कि वा उसलाई मेरो आवश्यकता पर्दैन कि भनेर पुरुषलाई डर लाग्‍न सक्छ। त्यसैकारण पुरुषले महिलालाई आफूमा निर्भर बनाउँन खोज्छ। यदि कुनै पुरुषले महिला र युवतीलाई, चाहेमा सजिलै पाउन सकिने आफ्नो सम्पत्ती जस्तो ठान्छ भने उनीहरूलाई जस्तो सुकै व्यवहार गर्ने अधिकार आफूसित छ भनेर सोच्‍न सक्छ।

राम्रो व्यवहार यसरी गर्नु पर्छ भनेर कहिल्यै सिकेकै छैन भने यस्तो समस्या हुन सक्छ। यदि कुनै व्यक्तिको बुबाले परिवारमा कठिनाइहरू आइपर्दा वा तनाव हुँदा हिंसात्मक व्यवहार देखाउँथ्यो भने छोराले पनि त्यही व्यवहार देखाउँछ, किनकि उसले राम्रो तरिकमा पनि व्यवहार गर्न सकिन्छ भनेर कहिल्यै सिकेकै हुँदैन।

एक जना पुरुषले आफ्नी पत्‍नीलाई किन दुर्व्यवहार गर्छ भन्‍ने कुरा यी कारणहरूले बताउँछ तर पत्‍नीहरूले पतिलाई आफूमाथि गलत व्यवहार देखाउन दिनु हुँदैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020105