पुरुषले महिलालाई दु:ख दिने के कस्ता तरिकाहरू हुन्छन्

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%B7%E0%A4%B2%E0%A5%87_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88_%E0%A4%A6%E0%A5%81:%E0%A4%96_%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%87_%E0%A4%95%E0%A5%87_%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

मानिसहरूले अपनाउने केही नराम्रा तरिकाहरू यस्ता छन्:

"पुरुषले जे चाहन्छ त्यो आफ्नो श्रीमतीलाई गर्न सक्छ।" सत्य कुरा: कुनै पनि पुरुषसित आफ्नो श्रीमतीलाई कुट्ने अधिकार छैन। यदि कुनै पुरुषले महिलालाई दु:ख दिनु उचित हो भनेर सोंच्छ वा कुनै महिलालाई आफुले द:ख पाउनु ठीकै हो भन्‍ने लागे तापनि कुनै पनि महिलाले आफुलाई दु:ख दिने अधिकार पुरुषलाई दिन सक्दैनिन्।

"किनकि उसले रक्सी पिएकोले गर्दा मात्र..." सत्य कुरा: रक्सीले हिंसा गराउँदैन तर यसले प्राय यस्तो परिस्थितिलाई झनै गाह्रो बनाउँछ। रक्सी नपिउने ठाउँका मानिसहरू बीच पनि हिंसा हुने गर्छ।

"उसले श्रीमतीलाई धेरै मायाँ गर्ने भए कुटपिट नै गर्ने थिएन। "

सत्य कुरा: कुटपिट गर्नु मायाँ गरेको संकेत होइन। माया गरेको छ भने एक अर्कामा आदर अनि दया देखिन्छ।

"यो तिनीहरूको विषय हो। श्रीमान-श्रीमतीको निजी मामिलामा हस्तक्षेप गर्नु ठीक होइन"

सत्य कुरा: हिंसा एउटा पारिवारिक कुरा मात्र होइन। थुप्रै महिलाहरू तड्पिएका वा मारिएका समेत छन्। हिंसा एउटा समाज वा समुदायको स्वास्थ्य समस्या हो।

"गरीब अनि केही थाहा नभएको व्यक्तिले मात्र आफ्नो श्रीमतीलाई कुट्छ।"

सत्य कुरा: हिंसा कुनै गरीबी वा केही थाहा नभएको कारण हुने कुरा होइन। हिंसा कुनै पनि घरमा हुन सक्छ: धनी वा गरीब, धेरै पढे लेखेको वा कम पढे लेखेको, सहरमा वा गाउँमा।

"श्रीमती बच्चाको लागि भएपनि श्रीमान सँगै बस्यो भने सबै भन्दा राम्रो हो। बच्चाको लागि त उ अझै पनि असल बुबा बन्‍न सक्छ।"

सत्य कुरा: कुनै महिला हिंसात्मक पुरुषसँगै बस्‍दा सधैं नै परिवारको लागि राम्रो हुन्छ भन्‍ने छैन। पतीले छोराछोरीलाई आफ्ना भावनाहरूलाई कसरी नियन्त्रण गर्ने अनि महिलाहरूसँग कसरी व्यवहार गर्ने भन्‍ने विषयमा गलत तरिकामा सिकाइरहेका हुन्छन्। यदि पतीले आफ्नी पत्‍नीलाई वा छोराछोरीलाई कुटपिट गर्छन् भने छोराछोरीको लागि राम्रो हुँदैन


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020104