अरू महिलाहरूसित भेट्दा तपाईंले मदत पाउन सक्नुहुन्छ:
मदत प्राप्त गर्नुहोस्: मानसिक समस्याले महिलाहरूमा शक्ति नरहनेगरि तिनीहरूलाई असर गर्न सक्छ र निराश बनाउन सक्छ। सँगै अरू महिलासित भेट्दा तिनीहरूले बल प्राप्त गर्नेछन् र त्यसले दैनिक आउने समस्यासित लड्न मदत पाउनेछन्।
आफ्नो भावना चिन्नुहोस्: कहिलकाहीं महिलाहरूले आफ्नो भावना लुकाउँछन् (वा त्यस्ता भावना छन् भनेर थाहा पनि नहुन सक्छ), किनभने त्यस्ता भावना खराब, खतरनाक वा लाज मर्दो हुन सक्छ। अरूले आ-आफ्ना भावनाबारे कुरा गर्दा सुन्ने व्यक्तिले आफ्नो भावना पनि केलाउन मदत पाउछन्।
सोच-विचार नगरी प्रतिक्रिया देखाउने नगर्नुहोस्: समूहका सदस्यहरूले कुनै महिलालाई आफ्नो समस्याबारे गहिरिएर सोच्न मदत दिनुपर्छ। यसो गर्दा तिनले सोच-विचार नगरी कदम चाल्ने छैनन्।
समस्याको भित्री कारण बुझ्नुहोस्: एकआपसमा मिलेर कुराकानी गर्दा धेरै जसो
महिलाहरू एकैनासे समस्याले पिडित रहेछन् भनेर तिनीहरूरे याद गर्नेछन्। यसो गर्दा आफ्नो समस्याको मुख्य कारण पत्ता लगाउन मदत मिल्नेछ।
समस्याको समाधानका लागि सुझाव दिनुहोस्: कुनै महिलाले आफैले निकालेको समाधान भन्दा समूहमा छलफल गरिएका सुझावहरूलाई स्विकार गरेर लागू गर्न सजिलो हुन्छ।
संयुक्त शक्ति विकास गर्नुहोस्: कुनै महिलाले एक्लै काम गर्नुभन्दा सँगै मिलेर गर्दा सफल हुन्छ वा त्यसमा धेरै शक्ति हुन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.