असुरक्षित अवस्थामा काम गर्दा आउने स्वास्थ्य समस्यादेखि म कसरी जोगिन सक्छु
यीमध्ये थुप्रै अवस्थाहरू परिवर्तन गर्न गाह्रो हुन्छ, तर कामदारहरू एकत्रित भएर परिवर्तनको माग गरे भने सायद परिवर्तन हुन सक्छ। तर स्वास्थ्य समस्याबाट जोगिन आफैले पनि केही गर्न सकिन्छ:
नयाँ केही काम गर्नुपर्दा आफ्नो मालिक वा सुपरभाइजरसित सबै उपकरण, सामग्री र रसायनीक पदार्थसित सुरक्षित रूपमा कसरी काम गर्न सकिन्छ भनेर निर्देशन पाउनुहोस्। त्यस्तै सामग्री वा रसायनीक पदार्थ सधैं प्रयोग गरिरहेकी अनुभवी महिलासित सुझाव माग्नुहोस्।
सम्भव हुने बित्तिकै सुरक्षा दिने कपडा लगाउनुहोस्, जस्तै: टोपी, मास्क, पञ्जा, ठूलो आवाज नआओस् भनेर कानमा लगाइने प्लग। मेसिनहरूसित काम गर्दा खुकुलो लुगा लगाउने नगर्नुहोस्। लामो कपाल बान्ने अनि छोप्ने गर्नुहोस्।
काम गर्ने ठाउँ धेरै गर्मी छ भने प्रशस्त पानी पिउनुहोस् र नुनिलो खानेकुरा खानुहोस् -- अझ विशेषगरि तपाईं गर्भवती हुनुहुन्छ भने। पुरूषहरू भन्दा महिलाहरू छिटो गर्मीले गर्दा बेहोस हुने वा तिनीहरूलाई अरू असर पनि हुन सक्छ।