असुरक्षित तरिकामा काम गर्दा कसरी मेरो स्वास्थ्य समस्या हुन सक्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search

थुप्रै कल-कारखानामा काम गर्दा त्यहाँको वातावारण स्वास्थ्यको लागि असुरक्षित हुन्छ , जस्तै:

  • ढोका र झ्यालहरू बन्द हुने गर्छ, जसले गर्दा आकस्मिक अवस्थामा कामदारहरूलाई निस्कन गाह्रो हुन्छ र साथै हावा यताउता हलचल गर्न पाउँदैन।
  • सुरक्षाको लागि कुनै समाग्री प्रयोग नगरी वा सरक्षा कपडा नलगाएर रसायनीक पदार्थ र विकिरण जस्ता विषसित काम गर्नुपर्ने हुन्छ।
  • असुरक्षित उपकरण तथा सामाग्रीहरूसित काम गर्नुपर्ने हुन्छ।
  • खुकुलो इलेक्ट्रिक तारहरू, वा चाँडै आगो टिप्‍ने रसायनीक पदार्थ वा बाफले गर्दा आगलागी हुन सक्ने अवस्था हुन्छ।
  • सफा पानीको, शौचालय वा दिशा पिसाब गर्नको लागि वा आरामको लागि कुनै व्यवस्था नहुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030123