आफूले चिनेको व्यक्तिको बलात्कार भएको छ भने के गर्ने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%86%E0%A4%AB%E0%A5%82%E0%A4%B2%E0%A5%87_%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95%E0%A5%8B_%E0%A4%AC%E0%A4%B2%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0_%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B_%E0%A4%9B_%E0%A4%AD%E0%A4%A8%E0%A5%87_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87

तिनको दोष छैन भनेर ढुक्क बनाउनुहोस्।

मदतकारी हुनुहोस्। तिनले महसुस गरेका कुराहरू सुन्‍नुहोस्, तिनलाई आवश्यक कुरा के हो भनेर निर्णय गर्न मदत गर्नुहोस् र आफ्नो जीवन अगाडि बढाउन सक्छिन् भनेर निर्धक्क बनाउनुहोस्।

तिनको गोपनीयता र सुरक्षाको चाहनाको कदर गर्नुहोस्। तिनी आफैले नचाहेसम्म कसैलाई त्यसबारे नबताउनुहोस्।

तिनले चाहेको खण्डमा स्वास्थ्यकर्मीलाई देखाउन, पुलिसमा बलात्कारको रिपोर्ट लेखाउन, त्यसबारे सुन्‍न र मदत दिन तालिम पाएका व्यक्तिसित कुरा गर्न, वकिललाई भेट्न र अदालतमा तिनीसितै जानुहोस्।

तपाईंले बलात्कारीलाई चिन्‍नुभएको छ भने त्यसको पक्ष लिने नगर्नुहोस्। समाजमा भएका सबै महिलाका लागि त्यो व्यक्ति एउटा खतरा हो।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020314