आफ्नो जीवन र समाज परिवर्तन हुँदा यसले मेरो मानसकितालाई कसरी असर गर्न सक्छ

From Audiopedia
Jump to: navigation, search

संसारका थुप्रै ठाउँहरूमा आर्थिक समस्या वा राजनैतिक उथलपुथलको कारण समाजलाई धेरै छिटो परिवर्तन गर्न वाध्य पारिन्छ। यस्ता परिवर्तनहरूले गर्दा परिवार र समाजहरूले पनि आफ्नो पूरै जीवनलाई परिवर्तन गर्नुपर्ने अवस्था आउँछ। उदाहरणको रुपमा यहाँ दुई वटा कथा छन्:

"मेरो नाम इधिना हो। युद्ध सुरू भएपछि सैनिकहरू हाम्रो गाउँमा छिरे अनि पुरूषजति सबैलाई युद्ध लड्न जबरजस्ती गरे। केही महिलाहरूलाई बलात्कार गरियो। हामी पहाडतिर भाग्यौं। तर त्यस्तो अवस्थामा खानेकुरा पाउन धेरै गाह्रो भयो। अहिले हामी सीमानाको अर्को पारि शरणार्थी शिविरमा बस्छौं। हुन त हामी सँग प्रशस्त खानेकुरा छ, तर धेरैजना मानिस बिरामी छन्। शरणार्थी-शिविर अपरिचित मानिसहरूले गर्दा खचाखच भरिएको छ। हरेक दिन म सोच्‍ने गर्छु: के मैले कहिल्यै आफ्नो घर देख्‍न पाउँला?"

"मेरो नाम जुरेमा हो। हरेक वर्ष हाम्रो जमीनले थोरै मात्र उत्पादन गर्थ्यो। तैपनि हामीले पैसा सापटी लिएर बिऊ र मल किनेका थियौं, तर पर्याप्त उब्जनी नभएकोले बैंकलाई कर्जा तिर्न सकेनौं। अन्तमा आफ्नो जग्गा-जमीन छोड्न हामी वाध्य भयौं। अहिले हामी सहरको छेउतिर एउटा छाप्रोमा बस्छौं। पहिला हरेक दिन बिहान चराचुरूङ्गीको चिरचिर गर्ने आवाजले ब्यूँझाउँथ्यो। तर अहिले त हरेक दिन अर्काको घरको भुँई रगड्ने बाहेक अरू केही छैन।

परिवार र समाज टुक्रिंदा वा बिगतमा समस्या सुल्झाउनै नसक्नेगरि जीवन परिवर्तन हुँदा मानिसहरूमा मानसिक समस्याको सुरूवात हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011505