आफ्नो जोडीले गर्ने हिंसात्मक व्यवहारलाई रोक्‍न म के गर्न सक्छु

From Audiopedia
Jump to: navigation, search

कुनै महिलाले आफ्नो जोडीले गर्ने हिंसात्मक व्यवहारलाई नियन्त्रण गर्न नसकेतापनि आफ्नो जोडीप्रति कस्तो प्रतिक्रिया देखाउने त्यो उनले छनौट गर्न सक्छिन्। आफ्नो जोडीले हिंसात्मक व्यवहार गर्न नछोडेसम्म कसरी आफू र आफ्ना बच्चाहरूलाई सुरक्षित राख्‍ने भनेर तिनले पहिल्यै विचार गर्न सक्छिन्।

सुरक्षित हुने यस्ता योजनाहरू बनाउनुहोस्:

  • फेरी हिंसा अर्थात कुटपिट हुनु भन्दा अघि नै सुरक्षा अपनाउने
  • कुटपिट हुँने बेला सुरक्षा अपनाउने
  • ठाउँ छोड्नु अघि सुरक्षा अपनाउने

अब यस पछि फेरी कुटपिट हुँदैन होला भन्‍ने लागेतापनि सुरक्षा सम्बन्धी योजनाहरूबारे विचार गर्नु राम्रो हो।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020115