कसैले आत्महत्या गरेपछि मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँने गर्छन्

From Audiopedia
Jump to: navigation, search

आफूले माया गर्ने व्यक्तिले आत्महत्या गर्दा धेरै दु:ख लाग्छ। आफूले माया गरेको व्यक्तिले आत्महत्या गर्दा तपाईंलाई धेरै पीडा हुनुका साथै अलमल्लमा पर्ने हुन सक्छ। साथी वा नातेदारले आत्महत्या गर्दा मानिसहरूले देखाउने प्रतिक्रियाहरू:

  • इन्कार गर्छन्: सुरुमा थुप्रै व्यक्तिहरूले आत्महत्या भएको खबरलाई पत्याउँदैनन्। किनभने आफूले चिनेको व्यक्ति जीवन नै अन्त गर्ने हदसम्म दु:खी थिएन जस्तो तिनीहरूलाई लाग्‍न सक्छ। त्यसैले तिनीहरू मृत्युको अर्कै कारण हुन सक्छ भनेर पत्ता लगाउन खोज्छन् (जस्तै: दुर्घटना, हत्या, रोगबिमार आदि)। अथवा आत्महत्याको खबरलाई झूटो पनि भन्‍न सक्छन्। यो पीडा सहनको लागि देखाइने सामान्य प्रतिक्रिया हो।
  • रिस: आत्महत्या गर्ने व्यक्तिप्रति तपाईंलाई धेरै रिस उठ्न सक्छ। तपाईं सोच्‍नुहुन्छ होला: 'कसरी यस्तो गर्न सकेको? भविष्यमा सँगै बिताउने समय चोरेर

अनि मलाई छाडेर गए। कस्तो स्वार्थी रहेछ!' पीडा सहनुपर्ने व्यक्तिमा यस्तो भावना आउनु सामान्य हो। तिनले आफ्नो जीवनको लागि त्यस्तो निर्णय गर्दा अर्थात आत्महत्या गर्ने निर्णय गर्दा तपाईं रिसाउनु जायज पनि हो, किनभने तिनले तपाईंलाई चोट र पीडाको थुप्रो छोडेर गएका छन्।

  • दोषी भावना: तपाईंले आफैलाई दोष दिनुहुन्छ होला। जसले गर्दा यस्तो सोचाइ आउन सक्छ: 'यो त मेरै दोष हो। सङ्केतहरू मात्र याद गरेको भए पनि हुन्थ्यो। तिनलाई हेरेर मैले केही मदत गर्न सक्थें।' यस्तो सोचाइ आउनु पनि स्वाभाविक हो।
  • कुनै पनि भावना नआउनु: कुनै-कुनै कुरामा तपाईंलाई लाटो महसुस हुन सक्छ र ध्यान दिन गाह्रो हुन सक्छ। पीडा र आघात धेरै हुँने बेलामा आउने प्रतिक्रिया यस्तै हुन्छ।
  • आत्महत्याको कारण कसैलाई गुमाउनु पर्दा कुनै-कुनै व्यक्तिहरूलाई डिप्रेसन हुन सक्छ र तिनीहरू आफैलाई पनि आत्महत्या गर्ने सोच आउन सक्छ।
Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020917