कसैले आत्महत्या गर्दै छ भनेर देखाउने सङ्‍केतहरू के-के हुन्

From Audiopedia
Jump to: navigation, search

कोही-कोही आत्महत्या गर्ने व्यक्तिहरूले कुनै पनि प्रकारको सङ्‍केत पहिल्यै नदेखाउन सक्छ। तर थुप्रैले भने विभिन्‍न प्रकारको सङ्‍केत देखाउन सक्छन्। त्यसैले तपाईं वा तपाईंले चिनेकाहरूले निम्‍न आत्महत्याका सङ्‍केत देखाउँदैछन् भने तपाईं वा तिनलाई तुरून्तै मदतको खाँचो पर्छ:

  • प्रायजसो समयमा दु:खी वा निराश हुने।
  • पटक-पटक मृत्यु वा आत्महत्याबारे बोल्ने वा लेख्‍ने।
  • परिवार र साथीहरूबाट टाढिने।
  • धेरैजसो समय आशाविहीन हुने, कसैको मदत नपाएको महसुसु हुने, पासोमा परेको जस्तो लाग्‍ने, अत्याधिक रिस वा क्रोध महसुस गर्ने।
  • अचानक र नाटकीय ढङ्‍गमा मुड परिवर्तन हुने।
  • लागू पदार्थ वा रक्सीको दुरूपयोग गर्ने।
  • धेरैजसो कामकुरामा मन नलाग्‍ने, पहिला धेरै मनपर्ने कामकुरा गर्न पनि इच्छा नहुने।
  • सुत्‍ने वा खाने तरिकामा परिवर्तन आउने (निन्द्रा नलाग्‍ने वा अत्याधिक सुत्‍ने; खान मन नलाग्‍ने वा अत्याधिक खाने)।
  • काम गर्ने ठाउँ वा स्कुलमा व्याख्या गर्न नसक्ने किसिमको काम गर्ने क्षमतामा कमी हुने।
  • आफ्नो बहुमूल्य कुरा अरूलाई दिने वा इच्छापत्र लेख्‍ने।

महत्त्वपूर्ण: आत्महत्याका यी चेतावनी सङ्‍केतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। यी सङ्‍केतहरू प्राय मदतको पुकारा हुन्, तर प्रायजसो यस्तो पुकारालाई सुनिंदैन। कसैले आफू आत्महत्या गर्ने सोच्दै छु भनेर भन्छन् भने यस्ता टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020908