कस्ता कारणहरूले रक्तअल्पताका हुन्छ - Audiopedia
रक्तअल्पता हुने सबैभन्दा मुख्य कारण आइरनयुक्त खानेकुरा पर्याप्त मात्रामा नखाएकोले गर्दा हुन्छ। किनभने रातो रक्तकोष बनाउन आइरन आवश्यक हुन्छ।
अन्य कारणहरू:
मलेरिया, यसले रातो रक्तकोषलाई नष्ट गर्छ।
विभिन्न तरिकामा रगत बग्दा, जस्तै:
- महिनावारीको बेला धेरै रगत बग्दा (पाठेघरमा राखिने सामाग्री अर्थात् आइ.यु.डि -ले गर्दा पनि धेरै रगत बग्न सक्छ)
- बच्चा जन्मिंदा
- परजीवी र जुकाले गर्दा हुने आउँ पर्दा (रगतमासी)
- रगत बग्ने पेटको अल्सरले गर्दा
- घाउबाट धेरै रगत बगेकोले गर्दा
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010416