कस्ता महिलाहरूलाई बलात्कार गरिने खतरा धेरै हुन्छ - Audiopedia
जस्तोसुकै महिलालाई पनि बलात्कार गरिने खतरा हुन सक्छ, तर यदि तिनी निम्न अवस्थामा छिन् भने अझ धेरै खतरा हुन्छ:
- तिनी अशक्त छिन् भने - तिनी व्हीलचेयरमा बस्छिन्, सुस्तश्रवण, दृष्टिविहिन वा सुस्तमनस्थिति भएकि छिन् भने।
- तिनी शरणार्थी, आप्रवासी वा हराएकी व्यक्ति हुन् वा युद्ध मच्चिएको इलाकामा बस्छिन् भने।
- सडकमा बस्छिन् वा घरबारविहीन छिन् भने।
- देह व्यापार गर्छिन् भने (वेश्यावृती)।
- पक्राउ परेकि वा झ्यालखानामा छिन् भने।
- पति वा जोडीले (केटा साथीले) दुर्व्यवहार गर्छन् भने।
यी महिलाहरूमा समाजको सुरक्षा नभएकोले तिनीहरूलाई सजिलै शिकार बनाउन सकिन्छ भनेर बलात्कार गर्ने व्यक्तिले सोचेको हुन सक्छ।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np020303