किन कुनै-कुनै महिलाहरूले गर्भपतन गराउँछन्
From Audiopedia
गर्भपतन गराउने कि नगराउने भनेर निर्णय गर्न धेरै गाह्रो हुन्छ। कुनै-कुनै धर्ममा गर्भपतन गराउनु गलत हो भनेर सिकाइन्छ र थुप्रै देशहरूमा गर्भपतन गर्नुलाई गैर-कानुनी वा असुरक्षित समेत मानिन्छ। तर कुनै महिलाले गर्भपतन गराउनुका धेरै कारणहरू हुन सक्छन्। केही उदाहरण यहाँ दिइएका छन्:
योजना नबानाएर वा नचाहँदा-नचाहँदै गर्भवती निम्न कारणले हुन सक्छ...
... महिला र तिनको जोडीलाई गर्भवती कसरी हुन्छ भनेर थाह नहुँदा।
... परिवार नियोजन गर्न महिला सानो उमेरकी छिन् भनेर स्वास्थ्यकर्मीले सोंच्दा।
... जवरजस्ती करणी भएकोले गर्दा। ... परिवार नियोजनका विधि उपलब्ध नहुँदा वा यसको प्रयोग राम्ररी नगर्दा वा नहुँदा।
महत्त्वपूर्ण: असुरक्षित यौन सम्बन्ध राखेको तीन दिनभित्र महिलाले तुरून्तै केही कदम चालिन् भने गर्भधारण हुनबाट तिनी जोगिन सक्छिन्।