कुटपिट गर्ने पुरुषसित किन महिला बसिरहन्छिन्
धेरै जसो मानिसहरूले कुनै महिलालाई दुर्व्यवहार गरिन्छ भन्ने कुरा थाहा पाएपछि, त्यसोभए "उनी किन त्यो व्यक्तिसँग बस्छिन्?" भनेर पहिलो प्रश्न सोध्ने गर्छन्। कुनै महिलाले दुर्व्यवहार सहेरै भएपनि त्यही व्यक्तिसँग बस्ने छनौट गर्नुका थुप्रै कारणहरू हुन सक्छन्। ती कारणहरू यस्ता छन् :
त्यसैले सायद यसरी प्रश्न गर्नु ठीक छ होला, "किन त्यो व्यक्तिले छोडेर नगएको?" यदि हामीले महिलालाई किन त्यो व्यक्तिलाई नछोडेको भनेर प्रश्न गर्यौ भने ती महिलाले आफ्नो व्यक्तिगत समस्या सुल्झाउनु पर्छ भनेर सोचिरहेका हुन्छौं। हिंसा हुनुमा केबल महिलाको मात्र समस्या हो भनेर सोच्नु बिल्कुलै गलत हो। पूरै समाज प्रत्येक व्यक्तिको स्वास्थ्य र खुसीको निम्ति जिम्मेवार हुनु आवश्यक छ।
कुटपिट गर्ने पुरुषले कुनै शारिरीक हानी वा मृत्यु बिना स्वतन्त्र भएर बाँच्न पाउने महिलाको अधिकारको हनन् गरेर अपराध गरिरहेका हुन्छ। यस्ता खराब गतिविधि विरुद्ध उठ्नु पर्छ र यसलाई रोक्नु पर्छ।