कुटपिट हुन सक्ने खतराका संकेतहरूलाई मैले किन चिन्नु पर्छ
From Audiopedia
जब दुर्व्यवहार, कुटपिटमा परिणत हुन थाल्छ तब जिउन झनै मुस्किल हुन्छ। महिला जति धेरै लामो समयसम्म दुर्व्यवहार गर्ने पुरुषसँग बस्छिन् त्यतिनै धेरै पुरुषले उनीमाथि नियन्त्रण जमाउँछ र महिलाको आत्मविश्वास कम भएर जान्छ। केही पुरुषहरू अन्य पुरुषहरूको तुलनामा निकै हिंसात्मक बन्छन्। एउटा पुरुषले हिंसात्मक व्यवहार देखाउन सक्ने छ भन्ने विषयमा केही निश्चित प्रकारका संकेतहरू हुन्छन्। यदि तपाईंले यस्ता संकेतहरू देख्नु भएको छ र सम्बन्धबाट बाहिर निस्किने उपाय अझै तपाईंसँग छ भने होसियारीसाथ विचार गर्नुहोस्।
तपाईंले उक्त व्यक्तिलाई कति धेरै माया गर्नु हुन्छ भन्ने कुराको वास्ता नगर्नुहोस्। मायाँले कसैलाई परिवर्तन गर्न सक्दैन। कुनै पनि व्यक्ति परिवर्तन हुनको लागि उ आफैले परिवर्तन गर्ने छनौट गर्नु पर्छ।