जब कुनै महिलाले घरमा दुर्व्यवहार भोग्छिन्, तब तिनका बच्चाहरूले पनि कसरी किशोरी र महिलालाई व्यवहार गर्नु पर्छ भनेर सिक्छन् अर्थात त्यस्तै गलत तरिकामा व्यवहार गर्न सिक्छन्।
बच्चाहरूले आफ्नो आमालाई गरिएको दुर्व्यवहार देखेको कारण प्राय यस्तो समस्याहरू हुन सक्छ:
हिंसाको नकल गर्दै रिसाएको वा आक्रमण गर्न खोज्ने जस्तो व्यवहार देखाउँछन्। अथवा तिनीहरू चुपचाप बस्छन् र कसैले थाहै नपाउने गरी बाहिर निस्कि हाल्छन्।
नराम्रो सपना देख्ने र डराउने: दुर्व्यवहार गरिने परिवारमा भएका बच्चाहरूले प्राय जसो राम्ररी खाँदैनन्, बढ्न सक्दैनन् र अरु बच्चाहरू भन्दा छिटो सिक्न सक्दैनन् र अन्य विरामीहरू जस्तै, पेट दुख्ने, टाउको दुख्ने र दमको बिरामी अर्थात स्वासप्रश्वासको बिरामी हुने गर्छ।
बच्चाहरूमाथि कुटपिट भएमा तिनीहरूलाई चोटपटक लाग्नुका साथै मृत्यु समेत हुन सक्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.