कुन चाहीं खतराका संकेतहरूलाई मैले ध्यान दिनु पर्छ

From Audiopedia
Jump to: navigation, search

आफूलाई यी प्रश्‍नहरू सोध्‍नुहोस्।

तपाईंले कसैलाई हेर्दा के उसले डाहा गर्छ वा उसलाई ढाँटेको भनेर तपाईंलाई दोष लगाउँछ? यदि तपाईंले आफ्नो व्यवहार परिवर्तन गर्नु पर्छ भनेर उसले भन्छ भने उसले तपाईंलाई नियन्त्रण गर्दैछ।

के उसले आफ्नो साथीहरू वा परिवारलाई तपाईंको चियो चर्चो गर्न लगाउँछ वा तपाईले कुनै काम कुराहरू गर्दा तपाईंको चियो चर्चो गर्छ? यसो गर्नुको कारणबारे उसले कुनै पनि तर्क गर्न सक्छ। उसले साथीहरू अनि परिवारको समर्थन पाउन खोजिरहेको हुन्छ। यदि उसले कसैको समर्थन पाएमा तपाईं जहाँसुकै गएपनि तपाईंलाई दुर्व्यवहार गर्ने छ।

के उसले तपाईंको बेइज्जती गर्छ वा अरुको अगाडि तपाईंको मजाक उडाउँछ? उसले जे भन्यो तपाईंलाई त्यही कुरा विश्‍वास लाग्‍न थाल्छ। यस्तो कुराले गर्दा आफूलाई अरुले नराम्रो व्यवहार गर्नु ठीकै हो जस्तो महसुस हुन थाल्छ।

रिसाएको बेला उसले के गर्छ? के उसले सामान फुटाउने वा फाल्ने गर्छ? के उसले तपाईंलाई कहिल्यै शारिरीक रुपमा कुटपिट गरेको वा डर धम्की दिएको थियो? के उसले कहिल्यै अरु महिलामाथि हात उठाएको अर्थात कुटपिट गरेको थियो? यी सबै संकेतहरूले उसमा समस्या छ भन्‍ने कुरा देखाउँछ।

के उसले अख्तियार प्राप्त व्यक्तिहरू जस्तै सिक्षक, हाकिम वा बुबाले कुनै सल्लाह दिंदा आफ्नो बेइज्जती भएको महसुस गर्छ? उसले आफूमा कुनै शक्ति नै छैन भन्‍ने महसुस गर्न सक्छ। यस्तो खालको महसुस भएमा उसले हिंसाको माध्ययम प्रयोग गर्दै अन्य व्यक्तिहरूबाट शक्ति प्राप्त गर्ने प्रयास गर्न सक्छ।

के आफूले गर्ने नराम्रो व्यवहारको कारण रक्सी, लागू पदार्थ वा तनाबले गर्दा हो भनेर यी कुराहरूलाई नै दोष थोपर्छ? यदि उसले कुनै कुरामाथि दोष थोपर्छ भने यसो भन्‍न सक्छ, यदि मैले नयाँ जागिर पाएँ भने, अर्को सहरमा बस्‍न गएँ भने वा लागू पदार्थ वा रक्सीको सेवन गर्न छोडें भने मैले यस्तो व्यवहार गर्ने छैन।

के उसले आफूले गरेको नराम्रो व्यवहारको दोष तपाईंलाई वा अन्य कसैलाई लगाउँछ वा आफू नै गलत हो भन्‍ने कुरा कदापी स्वीकार्दैन? यदि उसमा यस्तो प्रकारको सोचाइ छ भने उसले आफूमा कुनै पनि परिवर्तन गर्न चाहँदैन भन्‍ने देखिन्छ, बरू उसले नराम्रो व्यवहार गर्नुमा तपाईंको कारणले हो भनेर तपाईंलाई नै दोष थोपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020108