के गर्दा एच.आइ.भि सर्दैन - Audiopedia
एच.आइ.भि -का जिवाणुहरू मानव शरीर बाहिर निस्के भने केही मिनेटभन्दा कम समयमै मर्छन्। यी जिवाणुहरू हावामा वा पानीमा बाँच्न सक्दैनन्।
यसको मतलब यी कुराहरूबाट एच.आइ.भि सर्दैन:
- छुँदा, म्वाइँ खाँदा वा अङ्गालो मार्दा
- खाना सँगै खाँदा (जुठोबाट सर्दैन)
- एउटै ओछ्यानमा सुत्दा
- दिइएको निर्देशन पछ्याउँदै, एकै ठाउँमा लुगा, रूमाल, तन्ना धुँदा वा एउटै शौचालय प्रयोग गर्दा
- दिइएको निर्देशन पछ्याउँदै एच.आइ.भि वा एड्स लागेको बिरामीको हेरबिचार गर्दा
- किराले टोक्दा
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np011005