क्षयरोग कसरी फैलिन्छ
From Audiopedia
क्षयरोग लागेको व्यक्तिले खोक्दा तिनीभित्र भएको किटाणु हावामार्फत अर्को व्यक्तिमा सर्छ। क्षयरोगका किटाणुहरू हावामा घण्टौंसम्म बाँच्न सक्छन्।
फोक्सोभित्र टि.बि लागेका व्यक्तिहरूले किटाणुहरू अरू व्यक्तिहरूमा सार्न सक्छन्। महिलालाई टि.बि लागेको छ भने तिनले किटाणु आफ्नो बच्चाहरू र तिनले हेरबिचार गर्ने अरू व्यक्तिहरूमा पनि सार्न सक्छिन्। कुनै व्यक्तिलाई टि.बि -को संक्रमण भएको छ तर यसको कुनै लक्षण देखिंदैन भने र शरीरको कुनै अरू भागमा टि.बि लागेको छ भने यस प्रकारको टि.बि अरूलाई सर्दैन।
यदि क्षयरोगको सही तरिकामा उपचार गरिएन भने यो रोग लागेको व्यक्तिले हरेक वर्ष लगभग १० जना अरू व्यक्तिलाई पनि क्षयरोग सार्छ। तर रोग लागेको व्यक्तिले एक महिनासम्म औषधी लिएमा तिनीबाट क्षयरोग अरूमा सर्दैन।