खुट्टा सुन्निन नदिन के गर्न सकिन्छ - Audiopedia
गर्भावस्थामा खुट्टा सुन्निनु सामान्य हो – विशेषगरि दिनभरि उठ्नुपर्ने महिलाहरूमा यस्तो हुनु सामान्य हो।
यसो हुन नदिन के गर्ने?
- दिनमा मौका मिल्छ भने खुट्टालाई सक्दो माथि राख्ने प्रयास गर्नुहोस्।
- आराम गर्दा बाँयातिर पल्टिने गर्नुहोस्।
- खुट्टा धेरै सुन्नेको छ वा बिहान उठ्ने बित्तिकै पनि सुन्नेको अवस्थामा छ वा हात
र मुख पनि धेरै सुन्निएको छ भने गर्भावस्थामा यो खतराको संकेत हो।
स्वास्थ्यकर्मीलाई भेट्नुहोस् वा अस्पताल जानुहोस्।
Sources
- Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
- Audiopedia ID: np010715