गह्रौं भारी उठाउँदा र बोक्ने गर्दा कसरी स्वास्थ्यलाई क्षति पुर्याउन सक्छ
From Audiopedia
महिलाहरूले हरेक दिन काम गर्दा प्रायजसो गह्रौं चिजहरू उठाउनु पर्ने भएकोले ढाँड र गर्दन दुख्ने समस्या हुन्छ। लामो दूरीसम्म पानी बोक्ने, काठ बोक्ने र बच्चालाई बोक्ने गर्नाले शरीरमा तनाव अथवा थकान पैदा हुन्छ।
थुप्रै गह्रौं भार, विशेषगरि पानी उठाउने जवान किशोरीहरूलाई ढाड अनि मेरुडण्डको समस्या हुन्छ (पछाडिको हड्डी)। साथै तिनीहरूको पेल्भिक हड्डी अर्थात कम्मर मुनीको हड्डी राम्ररी विकास नभएकोले गर्दा बच्चा जन्माउँदा खतरा हुन सक्छ।
गह्रौं भारी उठाउनाले गर्भ तुहिने समस्या हुन सक्छ साथै भर्खरै बच्चा जन्माएकी अधवैंसे महिला हुन भने प्रायजसो पाठेघर खस्ने समस्या हुन सक्छ।