घरको सरसफाइले कसरी रोगबिमारबाट जोगाउँछ
From Audiopedia - Accessible Learning for All
परिवारका सदस्यहरू एक अर्काको नजिक हुने भएकोले पुरै परिवारमा सजिलै किटाणु र रोगविमार फैलिन सक्छ।
परिवारले निम्न कुराहरूमा ध्यान दिएमा बिरामी पर्ने सम्भावना कम हुन्छ:
राम्ररी धुने। यदि सम्भव छ भने भाँडालाई घाममा सुक्न दिनुहोस् (सुर्यको प्रकाशले रोग फैलाउने थुप्रै किटाणुहरू नष्ट गर्छ)।
पुछ्नुहोस्। भित्ता अनि भुँइ चर्केको छ भने त्यसलाई राम्ररी टाल्नुहोस्। किनभने त्यस्तो ठाउँमा साङ्ला, उडुस र बिच्छीहरू लुक्न सक्छन्।
रुमालले छोप्नुहोस्। त्यसपछि, सम्भव छ भने हात धुनुहोस्।
नगर्नुहोस्। आफ्नो बच्चाहरूलाई शौचालय प्रयोग गर्न अथवा दिशा गरिसकेपछि त्यसलाई पुर्न वा घरदेखि वा पिउने पानी भएको ठाउँदेखि टाढा गएर दिशा- पिसाब गर्न सिकाउनुहोस्। यदि बच्चा वा जनावरले घर नजिकै दिशा गर्यो भने त्यसलाई तुरुन्तै सफा गर्नुहोस्।