घरबाट टाढा काम गर्नु पर्दा यसले मेरो स्वास्थ्यलाई नराम्रो असर कसरी गर्न सक्छ

From Audiopedia
Jump to: navigation, search

थुप्रै महिलाहरूआफ्नो घरबाट टाढा कामको लागि जान्छन्। कोही हरेक दिन यात्रा गरेर काममा पुग्छन् भने कोही काम नजिकै कोसौं माइल टाढा बसाईं सर्छन्। यसलाई नै 'आप्रवास' भनिन्छ।

थुप्रै महिलाहरू ठूल्ठूला कारखानामा काम दिने भएकोले गाउँबाट शहरमा सर्छन् वा कसैको घरमा काम गर्नको लागि पनि शहरमा जान्छन्। कोही स्वइच्छाले सर्छन् भने कसैलाई जबरजस्ती सर्न लगाइन्छ, किनभने घरमा खाना वा काम पाइँदैन र शहरका कारखानाहरूले धेरै पैसा दिने हुन्छन्। प्रायजसो यी महिलाहरूले कमाउने पैसा आफ्नो परिवारको खर्च धान्‍नको लागि अत्यावश्यक हुन्छ।

महिलाहरू आप्रवासी जीवन बिताउँदा सायद पहिलो पटक तिनीहरू एक्लै बसेको अनुभव हुन सक्छ। यो तिनीहरूको लागि डर जगाउने खालको अनुभव पनि हुन सक्छ, किनभने तिनीहरूलाई मदत दिने परिवार र साथीहरू धेरै टाढा हुन्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030128