घर वरिपरि भएको बेला म कसरी आफ्नो बच्चालाई चोटपटक लाग्नबाट जोगाउन सक्छु
From Audiopedia
फुटेको सिसाले भित्रसम्म काट्यो भने रगत बग्नुका साथै, घाउमा संक्रमण हुन सक्छ। धारिलो बस्तुहरू, मेसिन र खिया लागेको क्यानले काटेमा नराम्रो संक्रमण हुन सक्छ।
सिसा र धारिलो वस्तुले काटेर घाउ हुन सक्ने खतराबाट जोगाउन सकिन्छ, यदि परिवारले:
सिसाको बोतललाई साना बच्चाहरूको पहुँचबाट टाढै राख्छन् र खेल्ने ठाउँमा फुटेको सिसा र फोहरलाई हटाउँछन् भने।
चक्कु, खौरिने औजार, र कैंची घर्रामा बन्द गरेर बच्चाले भेट्न नसक्नेगरि राख्छन् भने।
घरबाट निस्केको फोहरका साथै फुटेको बोटल र पुरानो क्यानलाई सुरक्षित तरिकामा हटाउँछन् भने।
ढुङ्गा फ्याँक्ने वा अन्य धारिलो वस्तु अनि चक्कु वा कैचीलाई खेलाउँदा हुन सक्ने खतराबारे बच्चालाई सिकाउँछन् भने पनि घरमा हुन सक्ने खतराबाट जोगाउन सकिन्छ।
निसासिनबाट जोगाउन प्लास्टिकको झोला बच्चाहरूबाट टाढै राखे भने।