चिन्ता गर्ने रोगबारे मैले कुन कुरा थाह पाउनुपर्छ डर वा चिन्ता

From Audiopedia
Jump to: navigation, search

चिन्ता गर्ने रोगका अरू नामहरू पनि छन्: 'अत्याधिक डर' र 'मन व्याकुल हुनु।'

हामी हरेक समय-समयमा डराउँछौं वा चिन्तित हुन्छौं। कुनै विशेष परिस्थितिले डर वा चिन्ता निम्त्याएको छ भने परिस्थिति कटेपछि डर र चिन्ता पनि हट्छ। तर मनोत्रास भनेको डर, चिन्ता निरन्तर भइरहने वा अझ बढ्दै जाने वा कुनै कारणविना यस्तो हुन्छ भने यो मानसिक स्वास्थ्य समस्या हुन सक्छ।

लक्षण:

  • कुनै कारणविना तनाव र डर महसुस गर्ने
  • हात काँप्‍ने
  • पसिना आउने
  • मुटु जोडले धड्किने (मुटु समस्या नभए तापनि)
  • स्पष्‍ट सोच्‍न नसक्ने
  • शारिरीक रोगबिमार नभए तापनि शारिरीक समस्या भइरहने
  • रिस उठ्दा अझ समस्या चर्किने

चिन्ता गर्ने रोगमध्ये मनोत्रास चाहीं गम्भीर प्रकार रोग हो। यो अचानक हुन सक्छ र केही मिनेट देखि केही घण्टा लामो समयसम्म हुन सक्छ। माथि दिइएका लक्षणहरूका साथै कुनै व्यक्तिले भयभीत महसुस गर्छन् र आफू बेहोस वा आफ्नो मृत्यु हुने हो कि भनेर डराउँछन्। तिनलाई छाती दुख्‍ने, सास फेर्न गाह्रो हुने र आफूलाई डरलाग्दो केही हुँदै छ भनेर महसुस गर्छन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011509