कसैले तिनीहरूलाई यौन सम्बन्ध राख्न चाहेको तरिकामा छुने सम्भावना हुन्छ भनेर सिकाउनुहोस्। मायालु तरिकामा छुने र यौन सम्बन्ध राख्न चाहेको तरिकामा छुने बीचको भिन्नता कस्तो हुन्छ भनेर बुझाउनुहोस्।
सम्भव छ भने बच्चाहरूको उमेर १० वा ११ वर्ष पुगेपछि केटा र केटीहरू छुट्टा-छुट्टै सुत्ने व्यवस्था मिलाउनुपर्छ।
छोराछोरीलाई केही भएमा तिनीहरू कोसित कुरा गर्न सक्छन् भनेर पक्का गर्नुहोस्।
यदि बच्चाले कुनै वयस्क वा आफूभन्दा ठूलो उमेरको बच्चाको नजिक हुँदा अप्ठ्यारो महसुस हुन्छ भनेर बताउँछ भने तिनको कुरा विश्वास गर्नुपर्छ, चाहे त्यो व्यक्ति जो सुकै किन नहोऊन्।
कहिलेकाहीं बच्चालाई वर्षौंसम्म यौन दुर्व्यवहार गरिन्छ। साना केटीहरूलाई तिनीहरूले अरू कसैलाई यसबारे भने भने नराम्रो गर्ने वा मार्ने धम्की पनि दिइन्छ।
Sources
Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.