छोरीलाई गर्भमा राख्ने वा जन्म दिने विषयमा विवाद हुँदा कसरी सुल्झाउन सकिन्छ
गर्भमा रहेको छोरीलाई गर्भपतन गर्न तपाईंको श्रीमान् वा परिवारले जबरजस्ती गरेमा आफूलाई र गर्भमा रहेको शिशुलाई बचाउन निम्न कदम चाल्न सक्नुहुन्छ:
१. महिलाको मदतविना कुनै पुरूष जन्मिन सक्दैन भन्ने कुरा तपाईंको श्रीमान् र परिवारलाई बुझाउनुहोस्। त्यसैले महिला समाजको लागि सधैं आशिष् हुन्छ र संसारमा जीवनलाई निरन्तरता दिन अत्यावश्यक छ भनेर पनि बताउन सकिन्छ।
२. महिलाहरू समाजको खम्बा हुन भनेर तपाईंको श्रीमान्लाई बताउनुहोस्। एक जना युवती राम्री छोरी, राम्री बहिनी, राम्री पत्नी र भविष्यमा राम्री आमा बन्न सक्छिन्। यदि गर्भपतन गर्ने चलन अझ केही वर्ष रहिरह्यो भने हामीले आमाहरू नहुने दिन देख्नेछौं र त्यसको मतलब जीवन नै सम्भव हुने छैन। छोरीहरूविना भविष्य हुँदैन।
३. छोराहरूभन्दा छोरीहरू आज्ञाकारी हुन्छन् भनेर बताउनुहोस्। आफ्नो परिवार, जागिर, समाज वा देशप्रति पुरूषहरूभन्दा महिलाहरू धेरै जिम्मेवार, समर्पित हुन्छन्। साथै तिनीहरू परिवारमा आदर देखाउने, काम गर्ने र पुरूषले भन्दा महिलाले आफ्नो आमाबुबाको ख्याल राख्ने गर्छन्।
४. तपाईं आफ्नो पति र परिवारलाई अझै विश्वस्त पार्न सक्नुभएन र "छोरी मात्र" जन्माएकोमा तपाईंलाई तिनीहरूले दोष दिन्छन् भने वैज्ञानिकद्वारा प्रमाणित तथ्यहरूसित परिचित हुन मदत गर्नुहोस् (यदि तपाईंको श्रीमान्लाई शङ्का लाग्छ भने यो कुरा सत्य हो कि होइन भनेर कुनै पनि डाक्टर वा स्वास्थ्यकर्मीलाई सोधेर पक्का गर्न सकिन्छ):
महत्त्वपूर्ण: सम्भव छ भने तपाईंको कोखमा छोरा छ कि छोरी भनेर थाह पाउन गरिने अल्ट्रासाउन्ड स्क्यान गर्न इन्कार गर्नुहोस्। तपाईंको श्रीमान् वा परिवारले जबरजस्ती गर्छ भने अरूको मदत लिनुहोस्। तपाईंको इलाकामा सायद मदतकारी समूह हुन सक्छ, छैन भने तपाईंले भरोसा गर्ने उच्च अख्तियारका व्यक्तिसित कुरा गर्न सक्नुहुन्छ (उदाहरणका लागि स्वास्थ्यकर्मी, तपाईंको समाजको धार्मिक अगुवा वा परिवारको वरिष्ठ सदस्य)।