ट्राउमा अप्रिय घटना भनेको के हो र यसले मेरो मानसिक स्वास्थलाई कसरी बिगार्छ

From Audiopedia
Jump to: navigation, search

जब कुनै महिला आफैले वा तिनको नजिकको व्यक्तिले कुनै अति नै डरलाग्दो अनुभव गरेका छन् भने तिनलाई ट्राउमा अर्थात् अप्रिय घटना भयो भनिन्छ। घरमा हिंसा, बलात्कार, युद्ध, यातना र प्राकृतिक प्रकोप जस्ता केही अप्रिय घटनाहरू हुन्।

यस्ता घटनाले मानिसको शारिरीक वा मानसिक स्वास्थ्यलाई खतरामा पार्छ। यसको नतिजास्वरुप उक्त व्यक्तिले असुरक्षित, असहाय महसुस गर्नुका साथै तिनीहरू संसार वा आफ्नो वरपरका मानिसलाई भरोसा गर्न नसक्ने हुन्छन्। यस्तो अप्रिय घटना कुनै प्राकृतिक प्रकोप नभइ विशेषगरि कुनै अर्को व्यक्ति मार्फत अनुभव गर्नु परेको हो भने महिलाहरूलाई सामान्य अवस्थामा फर्किन वा निको हुन धेरै समय लाग्छ। बाल्यकालमा आफूलाई के भएको थियो भनेर बुझ्‍न वा त्यसबारे बोल्न नसक्दा अप्रिय घटना अनुभव गरेकाहरूलाई थुप्रै वर्षसम्म असर गर्न सक्छ। कहिलेकाहीं तिनीहरूलाई त्यसबारे थाह पनि नहुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011506