तनावले गर्दा हुने शारिरीक परिवर्तन र रोगबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia
Jump to: navigation, search

तनाव अनुभव गर्ने बित्तिकै शरीरले त्यससित लड्न तुरून्तै कदम चाल्छ। केही शारिरीक परिवर्तनहरू यस प्रकार छन्:

  • मुटु छिटो धड्किने
  • रक्तचाप बढ्ने
  • छिटो-छिटो सास फेर्ने
  • पाचन क्रिया ढिलो हुने

तनाव अचानक आएको हो वा गम्भीर प्रकारको हो भने महिलाले आफ्नो शरीरमा भएको परिवर्तन महसुस गर्न सक्छिन्। तनाव हट्ने बित्तिकै शरीर पनि सामान्य अवस्थामा फर्किन्छ। तर तनाव कम गम्भीर खालको छ वा बिस्तारै बढ्छ भने लक्षण हुँदाहुँदै त्यसले आफ्नो शरीरमा गरेको असर तिनले थाह पाउन सक्दैनिन्।

धेरै लामो समयसम्म तनाव भइरह्यो भने त्यसले गर्दा चिन्ता गर्ने रोग र डिप्रेसनका सामान्य लक्षणहरू देखिन सक्छ। जस्तै: टाउको दुख्‍ने, पेटको समस्या हुने र कमजोर महसुस गर्ने। समय बित्दै गएपछि तनावले विभिन्‍न रोगबिमार निम्त्याउँछ, जस्तै, उच्च रक्तचाप र त्यसले हृदयघात वा मस्तिष्कघात निम्त्याउन सक्छ।

धेरैजसो ठाउँमा भावनात्मक समस्याहरूभन्दा शारिरीक समस्याहरूलाई महत्त्वपूर्ण मानिन्छ। यसो हो भने अरू लक्षणभन्दा पनि मानिसमा मनोत्रास र डिप्रेसनका शारिरीक लक्षणहरू देखा पर्छ। हुनत शारिरीक लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन, तर रोगबिमार बनाउने भावनात्मक कारणहरूबारे पनि संवेदनशील हुनु आवश्यक छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011511